पोखरा । आदिवासी जनजाति कलाकारको प्रथम गण्डकी प्रदेश भेलाले लोकगायक शंकर विरही गुरुङको अध्यक्षतामा २५ सदस्यीय नेपाल आदिवासी जनजाति कलाकार महासंघ गण्डकी प्रदेश समिति गरेको छ ।
पोखरा ९ नयाँ बजारमा भएको भेलाले समितिको वरिष्ठ उपाध्यक्ष माया गुरुङ, प्रथम उपाध्यक्ष करण तामाङ, द्वितीय उपाध्यक्ष सरीता सारुमगर, महिला उपाध्यक्ष दुर्गा गुरुङ छन् । यस्तै, महासचिव सुरेन्द्र गुरुङ, सचिव टस गुरुङ, महिला सचिव ज्योति गुरुङ, कोषाध्यक्ष दिलु लामा र सहकोषाध्यक्ष वसन्ती थापामगर छन् । पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।
सदस्यहरु चिना थापामगर, सबिना गुरुङ, गुप्त गुरुङ, संगीता गुरुङ, प्रशान्त तामाङ, कुमारी बुढा मगर, निश्चल थापा, बत्ती थापामगर, रमा राना, सनम तामाङ, विमल भुजेल, रबिना गुरुङ, पृथ्वी भुजेल, सन गुरुङ र रेणु रेलामेमगर छन् ।
हुमबहादुर गुरुङ संयोजक र सदस्यहरु पूर्ण लामा, लोकेन्द्र राई, संगीता पुन र कृष्णकुमार गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । वरिष्ठ लोकगायिका माया गुरुङले टीका, नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुन मगरले खादा ओढाइ सम्मान गरे ।
नवनिर्वाचित अध्यक्ष शंकर विरही गुरुङले गण्डकीका जनजाति कलाकारको एकता, क्षमता अभिवद्धिका साथै आदिवासीको अभियानमा सशक्त रूपले लाग्ने प्रतिबद्धता जनाए ।
आयोजक समिति संयोजक सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल तामाङ घेदुङ संघीय सचिवालय सदस्य दीपक तामाङ, जिफान अध्यक्ष भोज गुरुङ, किरात सेवा समिति कास्की अध्यक्ष लोकेन्द्र राई, ह्योल्मो समाज कास्की सचिव पूर्ण लामा, निर्वाचन समिति सदस्य कृष्णकुमार गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन शंकर विरही गुरुङले गरेका थिए भने करण तामाङले स्वागत गरे ।
यसैबीच वरिष्ठ गायिका माया गुरूङ प्रबल जनसेवा श्री पदकबाट सम्मानित भएकोमा बधाईसहित सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
भ्यालेन्टाइन्स डे अवसरमा ‘द एज’ र ‘स्वर’ ब्याण्ड एकसाथ
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सञ्जीव पालको निधनले तारादेवी–अरुणा लामा स्मृति स्रष्टा साँझ स्थगित
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
गायन र नृत्य जित्नेलाई एक करोड
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१