पोखरा । युनाइटेड क्लब पोखराले सप्ताहव्यापी कार्यक्रम गर्दै ११ आंै वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार वार्षिकोत्सव समारोह उद्घाटन गर्दै डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले पचभैयामा निर्माणाधीन प्राणी उद्यान केन्द्र निर्माणमा क्लबको मुख्य भूमिका रहेको बताउँदै क्लबको सामाजिक कामको प्रशंसा गरे ।
क्लबले राज्यले गर्न नसकेको काममा महोत्सवको आयोजना गरी चिडियाखाना निर्माणमा २५ प्रतिशत रकम प्रदान गरेर महत्वपूर्ण योगदान दिएको बताए । पोखराको फेवाताल र पचभैयालाई प्रदेशको २ प्रमुख गन्तव्यका रुपमा पहिचान गरी संघीय सरकारमा पठाएको र पास भएमा युनाइटेड क्लबको सपना साकार हुने बरालले बताए ।
क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा विभिन्न सामाजिक काम गरे तापनि पर्यटनको क्षेत्रमा युनाइटेड क्लबले चिडियाखानाको अवधारणा ल्याएको र हालसम्म सिड मनीको रुपमा ५८ लाख ८५ हजार खर्चिसकेको र अहिले गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्ला डिभिजन वन कार्यालय कास्कीको हातमा पुगेकाले यसलाई उत्कृष्ट गन्तव्य बनाउनतर्फ सम्बन्धित निकायले चासो दिन आवश्यक रहेको बताए ।
सम्मानित व्यक्तितर्फबाट क्लब सल्लाहकार गोविन्द घिमिरेले क्लबको सामाजिक कार्यको प्रशंसा गरे ।
क्लबले विभिन्न संघसंस्थामा निर्वाचित तथा मनोनीतलाई सम्मान समेत गरेको हो । जसमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटरमा नियुक्ति क्लब सल्लाहकार तीर्थलाल श्रेष्ठ र क्लबका आजीवन सदस्य मीन गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सञ्चालक समितिमा मनोनीत क्लब सल्लाहकार गोविन्द घिमिरे, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र, पृथ्वीचोकअन्तर्गत पोखरा १० को संयोजक मनोनीत क्लबका सदस्य सीमा गुरुङ, पोखरा चेम्वर अफ कमर्स कास्कीको युथ चेम्बर अफ कमर्सको सचिवमा निर्वाचित क्लबका आजीवन सदस्य नवीन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीको सदस्यमा निर्वाचित क्लबका मिडिया को–अर्डिनेटर गीता रानामगरलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष लोकबहादुर थापाले स्वागत, द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद ज्ञापन र महासचिव शान्तबहादुर थापाले सञ्चालन गरेका थिए ।
अमरसिंहचौरमा पोखरा महोत्सवको आयोजना गरी बचत रकम क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको लागि चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद् व्यवस्थापनमा काम गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१