विवेकशील साझाको स्याङ्जा समितिमा भीमनारायण कोइराला

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७८
bibeksil

पोखरा । विवेकशील साझा पार्टी गण्डकी प्रदेशले स्याङ्जामा जिल्ला समिति घोषणा गरेको छ । वालिङमा आयोजित भेलाले युवा व्यवसायी भीमनारायण कोइरालाको संयोजकत्वमा २१ सदस्यीय स्याङ्जा जिल्ला समिति घोषणा गरेको हो ।

समिति सहसंयोजकमा पूर्व प्रअ दीर्घप्रसाद सुवेदी चयन भए । सदस्यमा रमेश सुवेदी, नवीन खनाल, पूर्ण वाग्ले उपाध्याय, महेन्द्र ढकाल, रमेश लामिछाने, अमृत सुनार, अर्जुन लामिछाने, कृष्णप्रसाद खडाल, अमृत तिवारी, विवेक थापा, लीला अर्याल, मनीषा खनाल, सुन्दर रेग्मी, चक्रपाणि खनाल, नेत्रप्रसाद सुवेदी, सागर खनाल, कमल थापा, धनबहादुर क्षेत्री, सुरज रेग्मी हरपल छन् ।

संयोजक कोइरालाले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै वैकल्पिक राजनीतिको अभियान र विचारलाई अब गाउँगाउँमा लैजाने योजना रहेको बताए ।

स्तम्भकार दीनकर नेपालले पार्टीको नेतृत्वपंक्तिले साधारण सदस्यलाई भेट्न र कुरा सुन्नका लागि सधैँ प्रेरित हुनपर्ने आवश्यकता औँलाए ।

पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख निर्देश सिलवालले पार्टीको पछिल्लो गतिविधि र भावी कार्ययोजनाबारे प्रकाश पार्दै अबको महाधिवेशनपछि वैचारिक हिसाबले अझ बढी परिपक्व, प्रष्ट र चलायमान हुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य महेश भण्डारीले गण्डकी प्रदेशमा पार्टीको समायोजन तथा बिस्तार यही बैशाखभित्र सबै जिल्लामा गरिने बताए ।
सचिवालय सदस्य तथा कृषि तथा सहकारी विभाग प्रमुख हिरामणि पौडेलले पार्टीले सुरु गर्न लागेको सहकारी अभियानबारे, संगठन विभाग उपप्रमुख प्रदीपकुमार थापाले पछिल्लो सांगठनिक गतिविधिबारे, केन्द्रीय सदस्य तथा नीति विभाग सदस्य अर्जुनप्रसाद खनालले पार्टीका नीतिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य अमृत पुडासैनी, दीपक पौडेल, सुशीला केसी अधिकारी, रजनी केसी, नवराज थापा, सरोज गौतम, नारायण खनाल, गण्डकी प्रदेश सदस्य तथा अभियान विभाग प्रमुख अशोक खड्का, कास्की सहसंयोजक जयन्ती मोक्तान, विवेकशील साझा युवा संगठन स्याङ्जाका संयोजक राजन भट्टराई लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • एमाले वडा कमिटी २१ को पदस्थापन

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । नेकपा (एमाले) पोखरा–२१ वडा कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको पदस्थापन समारोह सम्पन्न भएको छ । एमाले केन्द्रीय सदस्य…
  • एकीकृत समाजवादी गण्डकीमा नेपाली

    आदर्श समाज सम्वाददाता माघ २९, २०८१
    पोखरा । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट कृष्णबहादुर नेपाली अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा २ दिनसम्म चलेको…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाहको पोखरा सवारी हुने भएको छ । यही २७ माघमा उनी पोखरा आउन लागेका हुन्…

hero news full width