पोखरा । भाषा सङ्घ नेपालको आयोजनामा यही वैशाख ९ गते पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
पोखरासहित गण्डकी प्रदेशका विभिन्न जापानी भाषा स्कूलमा जापानी भाषा अध्ययनरत नेपाली विद्यार्थीको भाषा तथा जापानी सांस्कृतिक ज्ञानको विकासको लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको भाषा सङ्घ नेपालका संस्थापक अध्यक्ष युवराज खनालले जानकारी दिनुभयो ।
जापानी राजदूतावास, काठमाडौँ र जापान फाउन्डेशन, जापानले सहयोग गरेको प्रतियोगितामा प्रदेशभित्रका विभिन्न जापानी भाषा स्कुलबाट छनोटमा परेका १९ जना प्रतियोगीले प्रतिष्पर्धा गर्ने भाषा सङ्घ नेपालका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित पुरस्कृत हुनेछन् । नेपाल शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सम्पूर्ण पादण्ड पूरा गरी पोखरामा सञ्चालनमा आएका ४१ वटा परामर्श तथा जापानी भाषा प्रशिक्षण दातृ संस्थाको छाता सङ्गठनका रुपमा भाषा सङ्घ नेपाल क्रियाशील बनेको सङ्घका महासचिव मोतीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सम्पूर्ण प्रक्रिया पु¥याएर पनि जापानमा अध्ययनका लागि जान लागेका ठूलो सङ्ख्याका विद्यार्थी कोरोनाका कारण रोकिनुपरेको बताउँदै सङ्घका संस्थापक अध्यक्ष खनालले यसतर्फ राज्यको चासो पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१