समता काव्य सन्ध्याको ३३५ औं शृंखला

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
335 samata photo

पोखरा। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) ले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३३५ औं शृंखला शनिबार भएको छ । परिवारले कविताको अघोषित पाठशालाका रुपमा प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन गर्दे आएको अभियान कोभिड १९ को बाबजुद समता काव्य सन्ध्यालाई निरन्तरता दिंदै ११ ओटा शृंखला भच्र्युल सञ्चालन गरेको छ ।

एकाबिहानै झिसमिसेमा
एउटा ड्याङ्ग्रे चरो
अनि म
सहर छिरेका थियौं
फर्किने बेलामा
हामी नदी किनारमा भेटियो
मैले देखेँ
उसको चुच्चो रित्तो थियो
उसले देख्यो
मेरो हात रित्तो थियो
आखिर
केही त थियो
फर्कनुपर्ने बाध्यता
उसका
एक जोडी बचेराहरु
मेरा
एक जोडी माउहरु

कलाकार शरद भण्डारीको ‘पिता र पुत्र’ शीर्षकको कविता सुनेपछि कार्यक्रमका अतिथि कवि ईश्वरमणि अधिकारीले भने रंगहरुसँग खेल्ने एउटा राम्रो कलाकारले जब अक्षरहरुसँग खेल्छ तब यस्तै राम्रा कविता बन्छ । परिवारका अध्यक्ष मोती भुजेलले भने, ‘आज साँच्चै कविताको अघोषित पाठशाला जस्तै लागेको छ ।

जब पाठशालामा बसिन्छ एक अर्काका रचना सुन्ने र सुनाउने काम अन्तसम्म गरिन्छ । अग्रज र अनुजहरुले आफ्ना रचनाहरु सुनाउने समता काव्य सन्ध्यामा कवि ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, रीता अधिकारी, शिव त्रिपाठी, चैतन्य अधिकारी ,चन्द्रवती वाग्ले, लक्ष्मी थापा, कौशल चन्द्र जिसी, विष्णु गुरुङ ‘एकता’, शरद भण्डरी, रोशन तिमिल्सिना, दीपेन्द्र पहारी लगायत कविले आफ्ना रचना वाचन गरेका थिए ।

परिवारका साहित्य संयोजक रीता अधिकारीले स्वागत मन्तव्यसहित रचना वाचन गरेकी थिइन् । संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन पोयुसांपका सहसचिव शिव त्रिपाठीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २४ औं वार्षिकोत्सव तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका सभाक सदस्य…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • सम जयन्तीमा रंगकर्मीको सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२…
  • पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन

    आदर्श समाज सम्वाददाता माघ १९, २०८१
    पोखरा । तरेली सांस्कृतिक परिवार आयोजनामा गण्डकीको पहिचानरुपमा रहेका लोपोन्मुख नृत्य प्रदर्शन सुरु भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा…

hero news full width