दमौली बजार इकाइमा भूपाल

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७७
news of bhupal

दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइ समिति सभापतिमा भूपाल आले निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा खसेका कूल ८३५ मध्ये २७२ मत प्राप्त गरी आले विजयी भएका हुन् ।

अध्यक्षका प्रत्यासी सुकनारायण मल्ले २२८, दधिराज घिमिरेले २०९ र बिन्दु श्रेष्ठले १०३ मत प्राप्त गरे । कुल १ हजार ८५ मत खसेको थियो ।

इकाइ सभापति राजकुमार श्रेष्ठका अनुसार इकाइ उपाध्यक्षमा राजेश मल्ल निर्वाचित भए । उनले ५४१ मत प्राप्त गर्दा प्रत्यासी विजय पौडेलले १९५ मतमात्रै प्राप्त गरे ।

कोषाध्यक्षमा २५८ मतसहित किनकुमार श्रेष्ठ विजयी भए भने प्रत्यासी भरत श्रेष्ठले २३९, अन्जु दाहालले २०५ र हर्षमान श्रेष्ठले ८६ मत प्राप्त गरे ।

इकाइ सदस्यहरु भरत पराजुली, विष्णुकुमार श्रेष्ठ, ब्रजेश शाह, दिलबहादुर दरै, दीपक राई, कमल गिरी, लालप्रसाद प्रधान, महमद सलिम मियाँ, नारायण मल्ल, प्रकाश श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, राजकुमार श्रेष्ठ, सुनील श्रेष्ठ र युवराज भण्डारी चयन भए ।

जिल्ला प्रतिनिधि पदमा महेश मल्ल, एकप्रसाद श्रेष्ठ, रमेशकुमार श्रेष्ठ, प्रकाश हडखले र किशोरकुमार श्रेष्ठ चयन भए । सो पदमा महेशले सर्वाधिक ६०९ मत प्राप्त गरेका थिए ।

इकाइ समितिको २५ औं वार्षिक साधारण सभा एवं ११ औं अधिवेशन व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । सभा उद्घाटनपछि उनले मानहुँकोट, छाब्दीवाराही, व्यासको १०८ फिट अग्लो मूर्ति, मादी नदीमा ताल बनाउने जस्ता कार्यलाई प्राथकिता दिई अघि बढेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै