सिमकोट । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७७÷०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो । “लिमिटेडले सिमकोट केन्द्रका लागि १४ हजार क्विन्टल चामल माग गरे पनि चैत २६ गते केन्द्रको परिपत्रअनुसार जम्मा सात हजार क्विन्टल मात्रै स्वीकृत भएको छ’, अधिकारीले भन्नुभयो, “तर विगतका वर्षहरु भन्दा यतिबेला पहिलो पटक धेरै खाद्यान्न स्वीकृत भएको हो ।”
स्वीकृत भएको कोटाको चामल कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ढुवानी हुने बताइएको छ । जिल्लाको मागअनुसार स्वीकृत भएको खाद्यान्न निजी विमान कम्पनी सीता एयरले ढुवानी गर्नेछ । चामल ढुवानीका लागि सीता एयरलाई जानकारी समेत गराइसकिएको र अबको केही दिनदेखि नियमितरूपमा चामल ढुवानी गर्ने भएको सीता एयरको सिमकोट स्टेसन सहायक इन्चार्ज सूर्य लामाले बताउनुभयो ।
हुम्लामा स्थानीय उत्पादनले वर्षभर खान नपुग्ने भएपछि चामलका लागि हानथाप हुने र जहिले पनि समस्या हुने गरेको छ । चर्को खडेरीका बीच जेठमा पाक्ने गहुँ बाली पनि अपेक्षाकृत रूपमा नफल्ने भएपछि सरकारले यो समयमा स्वीकृत गरेको चामलको कोटाले चामल वितरणमा खासै समस्या नहुने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१