पोखरा । अल नेपाल होमियोप्याथिक एसोसिएसनको पोखरामा शुक्रबार आयोजित १० औं महाधिवेशनले डा. खगेन्द्र कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
एसोसिएसन उपाध्यक्षमा डा. मीनराज भुषाल र डा. विरोधकुमार महतो, महासचिव डा. रामहरि श्रेष्ठ, सचिव डा. अनुप पन्थी, डा. शिशिर गिरी र डा. सुशीलकुमार कर्ण निर्वाचित भए ।
यस्तै, कोषाध्यक्षमा डा. शंकरराज पौडेल, सहसचिव डा. मनोरमा जयसवाल र अब्दुल रहमान मियाँ निर्वाचित भएका छन् ।
सदस्यहरु टोपबहादुर थापा, डा. हिराकाजी श्रेष्ठ, हिराप्रसाद गुप्ता, डा. लालबाबु महतो, डा. अमरेशकुमार पोद्धार, डा. सुरेन्द्र श्रेष्ठ, भोजकुमारी कुँवर, डा. खकिन्द्रबहादुर भण्डा.री, हिरामणि शर्मा, मो अनवर हुसेन निर्वाचित भएका छन् ।
पोखरामा आयोजित महाधिवेशनमा अधिवक्ता सुकदेव गौतमको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन गरेको थियो । समिति सदस्य सिद्धिकुमारी गुरुङ र कृष्णबहादुर राउत रहेका थिए ।
महाधिवेशन उद्घाटन गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी थिइन् । उनले होमियोप्याथिक उपचारबारे आमनागरिकलाई सचेतना गर्नुपर्नेमा जोड दिइन् । साथै प्रदेश सरकारले पनि सरल र सहज रुपमा हुने होमियोप्याथिक उपचारलाई स्वास्थ्य सेवाको कार्यक्रममा समेट्न सक्ने बताइन् ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जथाभावी औषधी प्रयोगले समस्या ल्याएको बताउँदै मानिसको स्वास्थ्य नबिग्रने गरी हुने होमियोप्याथिक उपचार नै वास्तविक उपचार भएको उल्लेख गरे ।
अध्यक्ष आसनबाट अल नेपाल होमियोप्याथिक एसोसिएसनका अध्यक्ष डा. कृष्णप्रसाद सुवेदीले कम खर्चिलो र स्वास्थ्यमा साइड इफेक्ट नहुने होमियोपेथिक उपचारमा सरकारले ठोस ध्यान नदिँदा धेरै जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन पुगेको बताए ।
डा. अम्बिकाप्रसाद ज्ञवालीले होमियोप्याथिक भनेको रोग निको पार्न आफैंभित्रको शक्तिलाई जागृत गर्ने विधि भएको बताए ।
कार्यक्रममा उत्कृष्ट समाजसेवा सम्मानबाट सम्मानित अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला, विना गुरुङ, श्यामनारायण लाल कर्ण, डा. संगीत प्रधान, डा. हरिबावु दाहाल, तमु प्हेलु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले मन्तव्य राखेका थिए ।
डा. दिलीप पाण्डेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन संयोजक विष्णुप्रसाद चापागार्इंले गरेका थिए ।
प्रधानसम्पादक बास्तोला सम्मानित
आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला उत्कृष्ट समाजसेवा सम्मानबाट सम्मानित भएका छन् ।
पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै उनलाई एसोसिएसनको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सम्मान गरिएको हो । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष बास्तोला ४ दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील छन् । सो अवसरमा उनीसहित सञ्जीवनी दिदीबहिनी केन्द्र नेपालकी संस्थापक विना गुरुङ सम्मानित भएका थिए ।
प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी पुन, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र होमियोप्याथिक एसोसिएसनका अध्यक्ष डा. कृष्ण सुवेदीले उनीहरुलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला र माला लगाएर सम्मान गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१