पोखरा । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारीबाट जोगिन उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ । प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो।
ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालिएको हो । ‘केही दिनयता हामीले रूघाखोकी र ज्वरो आएका व्यक्तिहरूलाई परीक्षणमा पठाउने गरेका छौं,’ प्रजिअ पराजुलीले भने। परीक्षणको जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ र ज्वरो मापनलाई अहिले प्रभावकारी बनाइएको छ ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित पत्रकार सम्मेलनमा ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षण गर्ने जनाएको छ ।
नाका छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने गरेका छन् । लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेका छन् ।
यसैबीच, गएको २४ घण्टामा देशभर १ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ मा पिसिआर परीक्षणमा १ सय ६२ मा संक्रमण देखिएको जनाएका हुन् । थपिएका १ सय ६२ संक्रमितसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । मुलुकमा सक्रिय संक्रमित संख्या १ हजार ४ सय ९३ छन् ।
यस्तै उपत्यकामा ६७ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौैमा ५०, ललितपुरमा १३ र भक्तपुरमा ४ लाई संक्रमण देखिएको हो ।
सो अवधिमा उपचारपछि निको भएर घर फर्किने ५९ जना छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ७२ हजार ७ सय ८६ पुगेको छ । नेपालमा निको हुने दर ९८ दशमलब ४ प्रतिशत रहेको छ ।
देशभर आइसोलेसनमा १ हजार ४ सय ९३ र क्वारेन्टिनमा ५९ बसेका छन् ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१