अन्नपूर्णकाे दमदमेमा १ घर १ धारा

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७७
damdame

हेमजा । अन्नपूर्ण गाउँपालिका ३ दमदमेमा १ घर १ धारा निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय जनसहभागितामा त्यहाँका कुल ४२ घरपरिवारमा धारा निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष युवराज कुँवरले धारा तथा क्रियाकर्म भवनको उद्घाटन गरे ।

गाउँपालिका अध्यक्ष कुँवरले पालिकावासीको दुख सुखमा गाउँपालिका सँगै रहेको भन्दै दमदमे पत्थर टोलले उदाहरणीय कार्य गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले एकतामा नै शक्ति हुने भन्दै त्यसको उदाहरण दमदमे पत्थर टोलले प्रस्तुत गरेको उल्लेख गरे ।

अन्नपूर्ण ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, प्राविधिकद्वय पुण्यप्रसाद लामिछाने र हिमलाल दाहाल, वडा सदस्य रामजीप्रसाद पौडेल, कृषि समूहका अध्यक्ष नवीन गिरी, पत्थर मराउँचे काँडे ग्रामीण सडकका अध्यक्ष कृष्णप्रसाद अधिकारी, टोल संयोजक देव गिरी, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष समुन्द्र गिरी, टोल सचिव विष्णुप्रसाद पौडेल लगायतले बोलेका थिए ।

खानेपानी योजनाका लागि १० लाख र क्रियाकर्म भवन बनाउँदा २ लाख खर्च भएको कोषाध्यक्ष डिल्लीराम पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टको प्रमुख स्टोर पोखरामा सुरु भएको…
  • ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । हाम्रो समाजमा एउटा उक्ति छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ ज्येष्ठ नागरिक अनुभवका खानी हुन् ।…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…

hero news full width