लमजुङ । लमजुङमा आयोजित साहित्यका लागि पर्यटन काव्ययात्रा ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
घोषणापत्रमा राष्ट्रकवि माधव घिमिरे, डा हर्क गुरुङ, आदिकवि भानुभक्त र कविशिरोमणि लेखनाथ पौड्यालका जन्मस्थललाई साहित्यिक गन्तव्य एवं तीर्थस्थलका रुपमा विकास गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गर्ने, साहित्य, कला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका लागि तीनै तहका सरकारद्वारा हरेक वर्ष नीति र कार्यक्रम बनाउदा निश्चित रकम छुट्याउनका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन कालोढुंगा–बाहुनडाँडा–घेर्मु सडक खण्डलाई राष्ट्रकवि राजमार्ग घोषणा गर्नुपर्ने उल्लेख छ ।
मस्र्याङ्दी गाउँपालिकाको तत्वाधान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को समन्वय तथा ठाडोभाकाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको आयोजनामा ३ दिनसम्म काव्यायात्रा भएको हो ।
सो अवसरमा डा शान्तामाया गिरीले नियात्रा तथा निबन्ध लेखनको सैद्धान्तिक अवधारणापत्र तथा अनेसासका महासचिव ऋषभदेव घिमिरेले साहित्यका लागि पर्यटन संक्षिप्त विवेचनाको अवधारणापत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्रमाथि डा सिर्जना उप्रेती र शालिग्राम अधिकारीले टिप्पणी गरेका थिए ।
अनेसासकी सन्ध्या पहाडीले राष्ट्रकविबाट हरेक व्यक्तिले प्रेरणा लिनुपर्ने बताइन् ।
लेखनाथ साहित्य समाजका सल्लाहकार एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले कार्यक्रमबाट ग्रामीण जनजीवनसँग हातेमालो गर्न अवसर पाएको बताए । उनले कुन्ठाले मानसिक रोगी बनाउने हुँदा साहित्यले कुन्ठामुक्त गराउन मद्दत मिल्ने धारणा राखे ।
गोरखापत्र दैनिकका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले यो यात्राले धेरै सम्भावनाको ढोका खोलेको उल्लेख गरे ।
कार्यक्रममा संविधान सभा सदस्य एवं ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार जमिन्द्रमान घले, प्रतिष्ठानका उपाध्यक्ष युवराज घिमिरे, डा रेणुका सोलु, मस्र्याङ्दी गाउँपालिका– ५ का वडाध्यक्ष लेखमान गुरुङ, ठाडोभाकाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, छन्द अभियन्ता रञ्जु दाहाल, लमजुङे युवा साहित्य समाजका संस्थापक अध्यक्ष तेजनारायण अधिकारी, गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, रक गार्डेन होमस्टेका परिकल्पनाकार काम सार्की गुरुङ, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, शिक्षक विनोद पोखरेल लगायत बोलेका थिए ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार सीता दुरा, आशबहादुर विक र राधा भण्डारीले ठाडोभाकाको प्रस्तुत गरेका थिए ।
सो अवसरमा भएको कवि गोष्ठीमा सहभागी सबै साहित्यकारले आ–आफ्ना रचना वाचन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
सम जयन्तीमा रंगकर्मीको सम्मान
पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१