सृजना कप भलिबलको  उपाधिका लागि छात्रतर्फ शान्ता मावि र कालिका, छात्रातर्फ शान्ता मावि र अमरसिंह भिड्ने

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७७
Volleyball Kheldai PIC

पोखरा ।  तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र कालिका मावि भिड्ने भएका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा भइरहेको तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिता अन्तर्गत छात्रातर्फको उपाधिका लागि शान्ता मावि र अमरसिंह मावि प्रतिष्पर्धामा उत्रिने छन् ।

विहीबार भएको खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेका उनीहरु शुक्रबार उपाधिका लागि भिड्नेछन् । यसअघी चैत १४ गते शनिबार फाइनल खेल हुने भनिएपनि कोरोना संक्रमण बढेपछि प्रशासनले खेलकुदलगायतका ईभेन्टहरुमाथि प्रतिबन्ध लगाउन सक्ने आशंकामा एक दिन अघि नै प्रतियोगिता सम्पन्न गर्न लागेको सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले बताए ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा विहीबार भएको खेलमा कालिका माविले वाराही माविलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो भने शान्ता माविले मेश्रम वराह मावि घान्द्रुकलाई ४–१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । छात्रतर्फको सेमीफाइनल खेलमा शान्ता माविले मेश्रम वराह मावि घान्द्रुकलाई २५–२३, १८–२५, २५–२१ र २५–२१ को सेटमा पन्छाउँदा कालिका माविले वाराही माविलाई २५–२१, २५–१५ र २५–१७ ले पराजित ग¥यो ।

त्यस्तै छात्रातर्फ अमरसिंह माविले जनप्रिय माविलाई ४–१ तथा शान्ता माविले छोरेपाटन माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे । सेमीफाइनल खेलमा अमरसिंह माविले जनप्रिय माविलाई २०–२५, २५–१७, २५–२२ र २५–२३ को सेटमा पराजित ग¥यो । अर्को सेमीफाइनल खेलमा शान्ता माविले छोरेपाटन माविलाई २७–२५, २५–२ र २५–११ को सोझो सेटमा पराजित ग¥यो ।

बुधबारदेखि शुरु भएको प्रतियोगितामा छात्र तथा छात्रातर्फका क्वाटरफाइनल र सेमीफाइनल विहीबार नै भएको थियो । छात्रतर्फको फाइनल प्रवेश गरेको कालिका माविले क्वाटरफाइनलमा अमरसिंह माविलाई २५–१७ र २५–१० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो । फाइनलमा पुगेको अर्को टीम शान्त माविले महेन्द्र माविलाई २५–११ र २५–१७ को सोझो सेटमा पन्छाउँदै सेमीफाइनलको यात्रा तय गरेको थियो ।

अर्को क्वाटरफाइनल खेलमा मेश्रम वराह मावि घान्द्रुकले भद्रकाली माविलाई २५–१८, २०–२५ र २५–२० को सेटमा पन्छाउँदै सेमीफाइनल यात्रा तय गरेको थियो । त्यस्तै छात्रतर्फको क्वाटरफाइनल खेलमा कालिका माविले अमरसिंह माविलाई २५–१७ र २५–१० को सोझो सेटमा, वराही माविले जनप्रि माविलाई २५–१६ र २५–१३ को सोझो सेटमा, मेश्रम वराह मावि घान्द्रुकले शान्ता मावि, छात्रातर्फको पहिलो चरणको खेलमा वराह मावि भेंडाबारीले सिद्ध वराह माविलाई २५–९ र २५–११ के सोझो सेटमा, अमरसिंह माविले ईन्द्र राज्यलक्ष्मी माविलाई १८–२५, २५–२० र २५–१० को ३–१ को सेटमा तथा भद्रकाली माविले कालिका माविलाई २५–१७, २०–२५ र २५–१८ को सेटमा, पराजित गरेको थियो ।

विहीबार नै छात्रातर्फको क्वाटरफाइनल खेल अन्तर्गत शान्ता माविले राष्ट्रिय माविलाई २५–७ र २५–१३ को सोझो सेटमा, छोरेपाटन माविले भद्रकाली माविलाई २५–८, २७–२५ र २५–९ को सेटमा तथा शान्ता माविले ताल वाराही माविले २५–१२ र २५–१० को सोझो सेटमा र जनप्रिय माविले वराह माविलाई २५–१७, २२–२५ र २५–१५ को ३–१ को सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका थिए ।

विगतको तुलनामा कास्कीमा भलिबल खेलाडीको उत्पादन कमी हुँदै गएको तथा खेल स्तरसमेत खस्किन थालेको भन्ने आलोचना आएपछि कास्की जिल्ला भलिबल संघले सृजना विकास केन्द्रसँगको सहकार्यमा अन्तर मावि जिल्ला स्तरिय प्रतियोगिता आयोजना गरेको हो । ग्रास रुट भलिबलको विकास गर्दै खेलाडी उत्पादन गर्ने आफूहरुको प्रमुख लक्ष्य रहेको आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिताको उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई ७०÷७० हजार, उपबिजेतालाई ३५÷३५ हजार र तृतीय हुने विद्यालयलाई २०÷२० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १÷१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • ब्ल्याक बुल्स् सेमिफाइनलमा

    आदर्श समाज सम्वाददाता माघ २९, २०८१
    पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहारार पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक रह्यो ।…
  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको…

hero news full width