काठमाडौं । बल्खुको कार्यालय भूकम्पले ढालेपछि धुम्बावाराहीमा सरेको नेकपा एमालेको मुख्यालय अबको ५ वर्ष थापाथलीमा रहने भएको छ । धुम्बाराहीमा रहेको पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्न लागेको प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले बताए ।
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको नयाँ कार्यालय भवनको बुुधबार निरीक्षण गरेका छन् । प्रधानमन्त्रीलाई नयाँ पार्टी कार्यालय देखाएपछि दुगडले भने, ‘धुम्बाराहीमा साँघुरो भइरहेको थियो। हाइवेबाट नजिकै भएकोले डिस्टर्ब हुने र अनि अपायक ठाउँमा पनि थियो। त्यसैले अर्को ठाउँ खोजिरहेका थियौं। नयाँ ठाउँमा प्रधानमन्त्रीज्यूलाई पनि मन पर्यो। अब वैशाख १ गतेबाट पार्टी कार्यालय यहाँ सर्छ ।’
घरधनीसँग ५ वर्षका लागि सम्झौता गरिएको जानकारी दुगडले दिए । तर भाडा रकम भने खुलाएनन् । ‘घरधनी मेरो चिनजानको साथी र पारिवारिक नातेदार पनि हो । भाडा जति दिए पनि लिनुहुन्छ । नलिन पनि सक्नुहुन्छ । उहाँले पार्टीलाई सहयोग गरेजस्तै हो,’ दुगडले भने ।
सय वटाभन्दा गाडी अटाउन सक्ने ४ रोपनीमा बनेको भवनमा सबै सुविधायुक्त छ । आफ्नै पहलमा नयाँ ठाउँ फेला परेको भन्दै उनले बल्खुमा पनि दुई वर्षभित्र नयाँ पार्टी कार्यालय तयार हुने बताए ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
hero news full width
मुख्य समाचार
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
फागुन १, २०८१