दरवाङ,१० चैत । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रथम मालिका महोत्सव हुनेभएको छ ।
म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो । महोत्सवको गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले गर्नेभएका छन् ।
दरवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघको इकाईका सभापति लेकबहादुर पुनले पर्यटन प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, ओझेलमा परेका पर्यटकीय स्थलको प्रचारप्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए। “विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण थलिएको यहाँको पर्यटन र ब्यापार ब्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको हो ,”उनले भने ।
महोत्सवले यस क्षेत्रको ओझेलमा परेका धार्मिक, पर्यटकीय स्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटक भित्र्याउन सहयोग पुग्ने उनले अपेक्षा व्यक्त गरे महोत्सवमा पुरुषरमहिला भलिबल, लोक दोहोरी, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रर्दशनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारहरुको गायन प्रस्तुति रहने उद्योग वाणिज्य संघ मालिका इकाईका सचिव अमृत सापकोटाले बताए ।
मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले ओझेलमा परेका प्राकृतिक स्थल,लोपोन्मुख कला संस्कृति र खेल प्रतीभाको उजागर हुनेमा विश्वास व्यक्त गरे ।गाउँपालिका उपाध्यक्ष खर माया बिटालु र दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले पर्यटन प्रर्वद्धन गरि कोरोनाले थला परेको ग्रामिण क्षेत्रको ब्यापार ब्यवसायलाई चलायमान पार्न महोत्सवले सहयोग गर्ने बताए ।
लोकदोहोरी प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय हुनेलाई क्रमश ः ७५ हजार, ५० हजार र ३० हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ ।पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ः ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ , महिला भलिबलमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।कृषि प्रर्दशनीमा प्रथम, द्धितीय र तृतीयलाई क्रमश रु। १० हजार, पाँच हजार र तीन हजार तथा नौमति बाजामा सहभागि समूहलाई छ÷छ हजार र ख्याली नृत्यमा सहभागिलाई पाँच रपाँच हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । लोकगायक खड्ग गर्बुजा, कुमार पुन लगायत कलाकारहरुको प्रस्तुत महोत्सवको थप आकर्षण हो ।
महोत्सवको १४ वटा उपसमिति बनाएर तयारी सुरु भएको छ । ३३ लाख रुपैयाँ आम्दानी र २८ लाख रुपैयाँ खर्च हुने महोत्सवबाट बचत हुने रकम पर्यटन पूर्बाधार निर्माण र प्रर्वद्धनमा खर्च गरिने आयोजकले जनाएका छन् ।पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सन्तोष पौडेल र म्याग्दी उद्योग बाणिज्य संघका सदस्य गोपालप्रसाद रेग्मीले पनि बोलेका थिए ।मालिका धुरि, दुरलेक, देबिस्थान मालिका, सोलेडाँडा, स्लेट र तामा खानी, भाले बास्ने, निस्कोट, बिम बराह र गाइखर्क ताल लगायतका पर्यटकीय स्थल छन् ।
Related News
सम्बन्धित समाचार
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
नागीधार महोत्सव तयारी पूरा
२६ औं घलेल ल्होछार उत्सव
प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ
२६ औं पोखरा सडक महोत्सव सुरु
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१