तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौता

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७७
hydro tanahun-hydro-768×576

दमौली । तनहुँको रिसिङ १, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजका संरचना निर्माणका लागि खरिद सम्झौता भएको छ । निर्माणमा न्यूनतम मूल्यांकित तथा सारभूत रुपमा प्रभावग्राही सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि, नेपाल जेभीबीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा आयोजनातर्फबाट हाइड्रोपावरका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सोङ दा–कालिका जेभीका तर्फबाट प्रतिनिधि विक्रम पाण्डेले हस्ताक्षर गरे ।

कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँमा खरिद सम्झौता भएको छ । पहिलो प्याकेजमा नदी फर्काउने, बाँध लगायतका संरचना निर्माण कार्यहरु रहेको प्रबन्ध सञ्चालक थिकेले बताए । उनका अनुसार ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था छ । आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माणका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग २०७५ असोजमा खरिद सम्झौता रद्ध भए पश्चात कम्पनीले २०७६ वैशाखमा पुनः बोलपत्र आह्वान गरेको थियो ।

कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँमा खरिद सम्झौता भएको छ
कम्पनीले बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रुपमा प्रभावग्राही हुन नसकेकोले सबै बोलपत्र अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिका अनुरुप २०७६ फागुनमा दोस्रोे पटक पुनः बोलपत्र आह्वान गरेको थियो । कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक–पटक बोलपत्र पेस गर्ने म्याद थप गरिएको थियो । अन्ततः ३ अन्तर्राष्ट्रिय बोलपत्रदाताले बोलपत्र पेस गरेकोमा प्राविधिक बोलपत्रको मूल्यांकन पश्चात सारभूत रुपमा प्रभावग्राही २ बोलपत्रदाताको आर्थिक बोलपत्र खोलिएको थियो ।

आर्थिक बोलपत्रको मूल्यांकनपछि न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही सोङ्ग दा–कालिका जेभीको बोलपत्र स्वीकृत गरी खरीद सम्झौता गरिएको हो । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत्गृह खन्ने कार्यको अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width