सिड फाउन्डेसन कास्कीको सभा

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७७
seed

पोखरा । सिड फाउन्डेसन कास्कीको १७ औं साधारण सभा भएको छ ।

कार्यक्रममा संस्थापक सदस्य विश्वनाथ अधिकारी, सल्लाहकार सदस्य हरिप्रसाद घिमिरे, प्रशिक्षक अनिता परियार, संंथापक सदस्य भूपू अध्यक्ष नवराज अधिकारी, धु्रवनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा, उपाध्यक्ष सुशीला गुरुङ र सचिव मदन थापाले पनि बोलेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष नवराज अधिकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्यमा मनोनीत भएकोमा बधाई ज्ञापन गरिएको थियो ।

संस्थाले गरेका काम तथा भावी योजनाबारे निर्देशक दामोदरभक्त थापाले स्पष्ट पारेका थिए ।

२०६० सालमा स्थापित संस्थाले सामाजिक समस्या, शैक्षिक गुणस्तर तथा अवसर, वातावरण संरक्षण क्षेत्रमा काम गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै