जंकफुड र साइबर अपराधबारे प्रशिक्षण

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७७
dharapani

पोखरा । धारापानी आमा समूह पोखरा ५ ले शनिबार जंकफुडरहित खाना तथा इन्टरनेटको दुरुपयोगका जोखिमबारे समूहका सदस्य र बालबालिकालाई प्रशिक्षण दिएको छ । गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले इन्टरनेटको उपयोग र नयाँ प्रविधिको प्रयोग अनिवार्य भइसकेको बताइन् ।

उनले उपयोग अनिवार्य भए पनि दुरुपयोग र आपराधिक पक्षबारे सबै सजग हुुनपर्ने बताइन् । उनले स्वस्थ खानापान र वातावरणले जीवन नै स्वस्थ बन्ने उल्लेख गरिन् । उनले भनिन्, ‘जीवनलाई ऊर्जावान् बनाउन खानपान र जीवनयापनको भूमिका हुन्छ, यो परिवार, समाजले नै सिकाउनुपर्छ ।’

पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले आमा समूहको प्रयासमा यस खालको सान्दर्भिक कार्यक्रम हुनु प्रशंसनीय भएको बताए । प्रविधि र विज्ञानको प्रयोग अनिवार्य भएको उल्लेख गर्दै उनले आउन सक्ने विकृति रोक्न सामूहिक प्रयास जरुरी हुने बताए ।

पोखरा ५ की वडा सदस्य अञ्जु केसीले कोरोना कहरपछि इन्टरनेटमा बालबालिकाको बढी समय बित्ने गरेको र त्यो लत बनेको उल्लेख गर्दै उनीहरुले के गरिरहेका छन् भनी अभिभावकले चासो राख्नुपर्ने बताइन् ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामकी प्रमुख प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले साइबर अपराधका प्रकृति र जोगिन अपनाउनुपर्ने उपायबारे प्रकाश पारिन् । पूर्व प्राध्यापक महेन्द्रमान व्यथितले जंगफुडका अवगुण र स्वस्थ आहारबारे प्रकाश पारे ।

समूहका अध्यक्ष कल्पना भुवाजीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मीरा केसी र उपाध्यक्ष सरीता अधिकारीले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हिसान गण्डकी फुटसल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा पोखरामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता…
  • गायिका समीक्षा अधिकारी सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई आफ्नै गाउँमा सम्मान गरिएको छ । नेपाली गीतसंगीत माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्मा अलग पहिचान बनाउन सफल…
  • मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखराको मदरल्याण्ड माविले पिइए इन्जिनियरिङ एण्ड आइटी क्वीज–२०८१ मा क्लीन स्वीप गरेको छ । विद्यालयका चारवटै टिम प्रथम,…
  • जनआदर्श माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । जनआदर्श मावि, फेदिखोला–४, आरुखर्कको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन समारोहका प्रमुख…
  • १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकले वर्चश्व जमाएका छन् । उनीहरुले यसअघिका सबै रेकर्डसमेत तोड्न सफल भए।…

hero news full width