पोखरा । नवौं शिरशोभा गम्भिरसिंह गुरुङ स्मृति कप क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि माझकटेरी युवा क्लबले जितेको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका १ सिरुबारीमा भएको फाइनल खेलमा ग्रेटहिल क्लबलाई ३–१ को सेटमा हराउँदै माझकटेरीले उपाधि हात पारेको हो ।
क्लबको जितमा २५–२२, २०–२५, २५–१६ र २५–२१ को जित निकालेको हो । शनिबार नै तेस्रो स्थानका भएको खेलमा राम्चे युवा क्लबले काउरेलाई हरायो । प्रतियोगितामा प्रथम भएको माझकटेरीले उपाधिसहित सिल्ड, मेडल र प्रमाणपत्रको साथमा नगद २० हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेता बनेको ग्रेटहिलले सिल्डसहित नगद १५ हजारका साथमा सिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो । तेस्रो भएको राम्चेले नगद १२ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाए । सान्त्वना भएको काउरेलाई सिल्ड प्रदान गरिएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा माझकटेरीका सन्तोष नेपाली घोषित भए । उनले ट्रफी, मेडल र प्रमाणपत्र पाए । विजयी खेलाडीहरुलाई शिरशोभा र गम्भिरसिंह गुरुङका छोरा मेजर लिलबहादुर गुरुङ, नातिनी तथा नेपाली कांग्रेस, नीति अनुशासन तथा प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य सरस्वती गुरुङ, भ्याली पब्लिक स्कुल काठमाडौंका प्राचार्य कृष्ण अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस, नीति अनुशासन तथा प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य सरस्वती गुरुङले सिरुबारी अब खेलकुदले पनि विश्वसामु चिनिन आवश्यक रहेको बताइन् । ‘सिरुबारी होमस्टले आजसम्म चिनियो,’ उनले भनिन्, ‘अब खेलकुदले पनि चिनिनुपर्छ भनेर बर्सेनि बाबाहरुले निरन्तरता दिनुभएको छ ।’ प्रतियोगिताको नवौं संस्करणसम्म बाबाहरुले सहयोग गरेपनि अब आफूले पनि सहयोग गर्ने बताइन् ।
स्व. शिरशोभा र गम्भिरसिंह गुरुङका जेठा छोरा मेजर लिलबहादुर गुरुङले भलिबल सबैले खेल्ने भएका कारण सिरुबारीका युवाहरुलाई खेलमा आकर्षित गर्न प्रतियोगिता सुरु गरिएको बताए । आगामी वर्ष पनि प्रतियोगिताको निरन्तरताका लागि पुरस्कार राशि वृद्धि गर्ने उनको भनाइ छ । ‘यो प्रतियोगिता अर्को साल पनि निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘अब प्रथमलाई १ लाख, द्वित्तीयलाई ५० हजार र तृतीयलाई २५ हजार दिने घोषणा आजै गरेको छु ।’
भ्याली पब्लिक स्कुल काठमाडौंका प्राचार्य कृष्ण अधिकारीले युवाहरु परिवर्तनका संवाहक भएका कारण उनीहरुको भावना बझ्नु आवश्यक रहेको बताए । सिरुबारीका युवाहरुको भावना अनुरुप नै गाँउमा प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
टाइगर कप भलिबल फाइनल आज
टाइगर कप भलिबल : गण्डकीको टोली एलिमिनेटर राउण्ड प्रवेश
टाइगर कप भलिबल : आयोजक र एपिएफ पहिलो क्वालिफायर खेल्दै
भलिबल क्रेज बढाउँदै टाइगर कप
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१