गण्डकी प्रदेशस्तरीय विद्यालय चित्रकलामा  कुमुदिनीका युकेश प्रथम

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
Chitrakala (2)

पोखरा । गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ मा कुमुदिनी होम्स माविका युकेश सुनार प्रथम भएका छन् । हिलप्वाइन्ट माविका सपना नेपाली द्वितीय, कास्की मोडर्नाइज्ड एकेडेमीका जेसिका तिलिजा पुन तृतीय र गण्डकी बोर्डिङ स्कुलका स्वरुप माकाजु सान्त्वना भए ।

दुई चरणमा भएकोे प्रतियोगिताको प्रथम चरणमा १ सय ९७ चित्रमध्येबाट उत्कृष्ट १२ छानिए । दोस्रो चरणमा प्रथम चरणमा छनोट भएका १२ प्रतियोगीले कार्यक्रमस्थलमै चित्र कोरेका थिए ।

क्यानभासमा बाल मनोविज्ञान शीर्ष दिइएको उक्त प्रतियोगितामा प्रतियोगीले चित्र कोरिरहँदा नै निर्णायकले मूल्यांकन गरेका थिए ।

इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ९ हजार, ६ हजार, ३ हजार र १ हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गरेका छन् । अन्य सम्पूर्ण सहभागीहरुले मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे ।

प्राज्ञ तथा बिम्बकवि रमेश श्रेष्ठले अहिले विद्यालयले कला क्षेत्रलाई प्राथमिकतामा राखेर अध्यापन गराउनु निकै प्रशंंसनीय काम भएको बताए । उनले कला र शिक्षा फरक भएको र शिक्षाले भन्दा पनि बढी जीवनको ज्ञान कलाले दिनसक्ने बताए ।

प्रतियोगितामा निर्णायक संयोजक वरिष्ठ चित्रकार कृष्ण मर्सानीले कलालाई निरन्तर साधना गर्न सक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाइमा निकै असरदार काम गर्ने कुरा बताए । निर्णायकमा कृष्ण मर्सानी र मनोज तामाङ थिए । लायन्स क्लबका अध्यक्ष सुनीलकुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल, विकास पौडेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २४ औं वार्षिकोत्सव तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका सभाक सदस्य…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • सम जयन्तीमा रंगकर्मीको सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२…
  • पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन

    आदर्श समाज सम्वाददाता माघ १९, २०८१
    पोखरा । तरेली सांस्कृतिक परिवार आयोजनामा गण्डकीको पहिचानरुपमा रहेका लोपोन्मुख नृत्य प्रदर्शन सुरु भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा…

hero news full width