पोखरा। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, प्रादेशिक कार्यालय पोखराले स्थापना गरेको कफी प्रशोधन केन्द्रको भवन निर्धारित समयभन्दा २ महिना अगावै पूरा भएको छ ।
कुल ३५ लाख रुपैयाँ लागतमा गत मंसिरमा ठेक्का सम्झौता भई काम सुरु भएकोमा २ महिना अगावै फागुन २० मा निर्माण सम्पन्न भएको कार्यालयका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले जानकारी दिए । भवन निर्माण समयसीमा जेठ २४ सम्म थियो ।
बास्तोला निर्माण सेवाले बनाएको चारकोठे भवनमा हल सहित कफी प्रशोधन कक्ष, किसानका लागि प्रयोगात्मक कक्ष बनाइनेछ । ‘भवनमा कफी प्रशोधनका लागि आवश्यक स्टोर, रोस्टिङ, टेस्टिङ कक्ष निर्माण हुनेछ,’ निमित्त क्षेत्रीय निर्देशक पुरीले भने, ‘यही भवनबाट कफी बिस्तारका कार्यक्रम अगाडि बढाइनेछ ।’
बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले शुक्रबार भवन उद्घाटन गर्दै समस्या बीचमा सम्भावना बोकेको चिया र कफी अचेल धेरैको रोजाइमा पर्ने गरेको बताए ।
सरकारले पनि विशेष प्राथमिकता दिएको बताउँदै उनले छिट्टै चिया कफीसँगै अलैँचीलाई पनि समावेश गर्न लागेको जानकारी दिए । नेपालमा उत्पादन र उत्पादकत्व बढाउने हो भने राम्रो स्थान लिने उनको धारणा थियो । कृषकलाई ढुक्क भएर यो व्यवसायमा लाग्न उनले सुझाव दिए । ‘तपाईहरु यो व्यवसाय र उद्यममा लाग्नुहोस्,’ उनले भने, ‘हाम्रोतर्फबाट प्राविधिक समस्या समाधानका लागि हामी छौं ।’
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख बासुदेव रेग्मीले कृषिको अनुदानलाई कतै नबाझिने गरी वितरण गर्नुपर्ने धारणा राखे । तीन तहको सरकारबीच सहकार्य नहँुदा वास्तविक किसान मारमा पर्ने गरेको उनले बताए । ‘एउटै मान्छेले धेरै फर्म दर्ता गरेर राख्छन्,’ उनले भने, ‘अनि स्थानीय, प्रदेश र संघ सरकारको अनुदान कहिले आउँछ भनेर कुरेर बस्छन् ।’
सो अवसरमा छिटो काम सम्पन्न गर्ने बास्तोला निर्माण सेवा र इन्जिनियर सुरेशकुमार देवलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा अनेक सुविधा
गाईभैंसीपालक कृषकलाई तालिम
मौरीपालन तालिम
सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?
‘किसानका समस्यामा अनुसन्धान गरौं’
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१