चैत ९ देखि पोविवि क्रिकेट लिग

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७७
Cricket Photo 1

पोखरा । पोखरा रंगशालामा पोखरा विश्वविद्यालय क्रिकेट क्लबको आयोजनामा पोखरा विश्वविद्यालय क्रिकेट लिग सिजन ४ हुने भएको छ ।

प्रतियोगिता चैत्र ९ देखि १७ गतेसम्म सञ्चालन हुने बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । प्रतियोगिताबारे जानकारी दिँदै क्लबका अध्यक्ष प्रकाश खनालले पोखरा विश्वविद्यालय विभिन्न आंगिक क्यापसमा अध्ययनरत विद्यार्थीको ८ टिम प्रतियोगितामा सहभागिता जनाउने बताए ।

प्रतियोगितामा गोरखाली ब्लास्टर्स, पियु राइनोज, स्टिल्थ सिक्सर्स, मिथिलाञ्चल वारियर्स, फारबेस्ट टाइगर्स, पियु रेड वारियर्स, अन्नपूर्ण किङ ११ र गण्डकी स्टाइकर्स रहनेछ । हरेक टिममा २/२ जना राष्ट्रिय टिमका खेलाडी अनुबन्ध भइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधि विजेता टिमले नगद १ लाख २५ हजार र उपविजेताले ७० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । म्यान अफ दि सिरिजलाई नगद ५ हजार, बेष्ट बलरलाई नगद २ हजार ५ सय, बेस्ट बलरलाई २ हजार ५ सय र म्यान अफ दी म्याच हुने खेलाडीलाई नगद १ हजारका साथमा ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि करिब २० लाख खर्च हुने आयोजकको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

  • जनकपुर बोल्ट्सलाई एनपिएल उपाधि

    आदर्श समाज सम्वाददाता पौष ६, २०८१
    पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले…
  • आइसिसी प्रतिनिधि पोखरामा

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधिले मंगलबार पोखरा रंगशालास्थित क्रिकेट मैदान अवलोकन गरेका छन् । आगामी सन् २०२७…
  • क्रिकेटरलाई नगद १ लाखसहित सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले नगदसहित महिला क्रिकेटरको सम्मान गरेको छ । आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट हुन सफल…
  • महिला क्रिकेट टोली पहिलोपल्ट विश्वकपमा छनोट

    आदर्श समाज सम्वाददाता कार्तिक २९, २०८१
    पोखरा । नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । विश्वकप १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुँदैछ…
  • दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा

    आदर्श समाज सम्वाददाता कार्तिक २२, २०८१
    पोखरा । नेपालमै पहिलोपटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागी पोखरा एभेन्जर्सले बिहीबार पोखरामा र्‍याली आयोजना गरेको छ ।…

hero news full width