तेस्रो सिर्जना कप भलिबल चैत दोस्रो साता

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७७
Volleyball Photo

पोखरा। पोखरामा कास्की जिल्लास्तरीय सामुदायिक मावि छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्र, पोखराको संयुक्त आयोजनामा चैत ११ देखि १४ सम्म तेस्रो सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिबल प्रतियोगिता हुन लागेको हो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ ३ वर्ष अघि सुरु भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयले सहभागिता जनाउन सक्ने छन् । कक्षा १२ सम्मका विद्यार्थीको टिम बनाएर सम्पर्क गर्नुपर्ने सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले बताए ।

प्रतियोगितामा ५० टिमले भाग लिने आयोजकको अपेक्षा छ । चैत ९ सम्म नाम दर्ता गराउन सकिने र टिम दर्ता शुल्क ३ हजार लाग्नेछ ।

उपाधि विजेता छात्रछात्रा दुवै विधामा ७०÷७० हजार, उपविजेतालाई ३५÷३५ हजार र तृतीयलाई २०÷२० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडी छात्रछात्रालाई जनही ५ हजारसहित ट्रफी तथा उत्कृष्ट स्पाइकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकलाई १÷१ थान भलिबल प्रदान गरिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न १० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताबाट ११ लाख आम्दानी गरी १ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको पराजुलीले बताए । बचत रकम भलिबल खेलकै विकास र बिस्तारका लागि खर्च गरिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पाेखरा । प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका…
  • विश्वकर्मा कप भलिबल सुरु

    आदर्श समाज सम्वाददाता असाेज २, २०८१
    पोखरा । विश्वकर्मा समाज नेपाल आयोजनामा पोखरा २९, भण्डारढिक खेल मैदानमा आठौं संस्करणको अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…
  • सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम शर्मा सम्मानित भएका छन् । लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील रही…

hero news full width