विश्वकर्मा कप भलिबल सुरु

आदर्श समाज सम्वाददाता
असाेज २, २०८१
BK Cup

पोखरा । विश्वकर्मा समाज नेपाल आयोजनामा पोखरा २९, भण्डारढिक खेल मैदानमा आठौं संस्करणको अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

३ असोजसम्म चल्ने प्रतियोगिताको वडाध्यक्ष श्रीप्रसाद गुरुङले उद्घाटन गरे । उनले भण्डारढिकमा नियमित प्रतियोेगिता भए सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै खेलले आपसी भाइचारा स्थापित हुने र स्वस्थ रहन सहयोग पुग्ने भएकाले निरन्तरताको कामना गरे । प्रतियोगिताअन्तर्गत छेलो हान्ने, घैटो फुटाइ र रस्साकस्सीमा प्रतिस्पर्धा पनि हुने विश्वकर्मा समाज नेपालका अध्यक्ष रनबहादुर विश्वकर्माले बताए ।

विजेताले ५० हजार र उपविजेताले ३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतिायेगिता संयोजक बेलबहादुर विश्वकर्माले जानकारी दिए ।

सो अवसरमा छेलो, रस्साकसी र घैटो फुटाउने प्रतियोगिता समेत हुनेछ । छेलोतर्फ प्रथम र द्वितीयलाई क्रमशः ३ हजार र १ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने संस्थाका सचिव जीवनकुमार सुनारले बताए । रस्साकस्सीमा प्रथमले ३ हजार र द्वितीयले १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । घैटो फुटाउनेलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • फूलपातिमा सराङकोटमा सरुन खेल हुने

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटमा सरुन खेल र विशेष फूलपाति बढाइ कार्यक्रम हुने भएको छ । नेपालको इतिहास राज्य एकीकरणमा युद्धकौशलसँग…
  • बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण गरेको छ । संघले सोमबार दशैँ, तिहार, नेपाल संवत्…
  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • जुडो रेफ्री तथा कोच तालिम

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा आइतबार ‘जुडो रेफ्री तथा कोच तालिम’ सम्पन्न भएको छ । पोखरा रंगशालाभित्र जुडो…
  • पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । माछापुच्छ्रे क्रिकेट लिगअन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी भए । माछापुच्छे« क्रिकेट क्लब आयोजनामा लेखनाथमा…

hero news full width

Recent Posts

भर्खरै