पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम शर्मा सम्मानित भएका छन् ।
लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील रही योगदान गरेवापत् सहारा क्लब पोखराले १ जनालाई नगदसहित पुरस्कृत गर्दै आएको छ ।
क्लबको २६ औं वार्षिकोत्सव एवं साधारणसभा अवसरमा आइतबार दोबिल्लास्थित सहारा फुटबल एकेडेमी परिसरमा आयोजित समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले नगद २५ हजार राशिसहित उक्त पुरस्कार हस्तान्तरण गरे । सो अवसरमा मन्त्री थापाले शिक्षा र खेलकुदलाई सँगसँगै जोडेर जानुपर्नेमा जोड दिए ।
क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, हिमश्री फुड्स प्रालिका निर्देशक निर्देशक प्रकाश केसी, सम्मानित व्यक्तित्व परशुराम शर्मा लगायतले बोलेका थिए ।
स्वागत वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र संचालन महासचिव रामजीप्रसाद अधिकारीले गरे । सहारा खेलकुद पत्रकारिता पुरस्कारका लागि पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध शर्मा नेशनल एफएम, तालचोकका अध्यक्षसमेत छन् ।
छनोट समिति सदस्यमा क्लब सल्लाहकार दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ, पूर्व अध्यक्ष केशवबहादुर थापा, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ तथा पदेनसदस्यमा अध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारी थिए । सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि डेढ दर्जन पत्रकार पुरस्कृत भइसकेका छन् ।
यस्तै, सहारा उत्कृष्ट सदस्य सम्मान लिलबहादुर थापा सम्मानित भए । थापा क्लबमा २ कार्यकालसम्म सहकोषाध्यक्ष भएर काम गरेका छन् । सहारा फुटबल एकेडेमीको व्यवस्थापन समितिका सदस्य उनी आफ्नो काम सधैँ क्रियाशील भइ काम गर्छन्् । महासचिव अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिमा बिनु राना र सुशील रिमाल सदस्य थिए ।
सोही समारोहबीच नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा क्लबले ५१ हजार सहयोग गरेको छ । उक्त रकम बराबरको चेक प्रमुख अतिथि मन्त्री थापा र क्लब अध्यक्ष केशवराज बरालले मञ्च अध्यक्ष दीननाथ बराललाई संयुक्तरुपमा हस्तान्तरण गरे ।
उक्त अक्षयकोषमा यसअघि मञ्चका पूर्व सल्लाहकार एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले २५ हजार, निवर्तमान महासचिव विजय नेपालले ११ हजार १११ रुपैयाँ, अध्यक्ष बरालले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् । मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको अध्यक्ष बरालले बताए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१