पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् ।
क्लबको आइतबार २६ औं वार्षिकोत्सव एवं साधारणसभामा अग्रज पत्रकार एवं क्लबका मानार्थ सदस्य नारायण कार्कीले २ लाख १७ हजार ९ सय रुपैयाँ क्लब अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरे ।
अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्कमा बसोबास गर्ने नेपाली समुदायका २३ जनाले उक्त रकम संकलन गरेको जानकारी कार्कीले दिए । हालै अमेरिका भ्रमणबाट फर्केका अग्रज पत्रकार कार्कीका अनुसार पोखरा लगायत नेपालका विभिन्न भागबाट ओभरल्याण्ड पार्कमा रहेका नेपालीले २० देखि २५० डलरसम्म सहयोग गरेका हुन् । अक्षयकोषको ब्याजबाट एकेडेमी सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको अक्षयकोषमा हालसम्म ३ करोड १७ लाख संकलन भइसकेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
एकेडेमीमा हाल विपन्न र कठिन परिस्थितिका ३० जना बालकाहरुको आवास, स्वास्थ्य, शिक्षाको व्यवस्था हुँदै आएको छ ।
पोखरा १७, दोबिल्लास्थित सहारा फुटबल एकेडेमीमा वार्षिकोत्सव समारोह गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यमा भएको हो । सो अवसरमा यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम शर्मा सम्मानित भए । साथै, सहारा उत्कृष्ट सदस्य सम्मान लीलबहादुर थापा सम्मानित भए ।
कार्यक्रम सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको हो ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१