लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई खेलकुदको पनि राजधानी बनाउने चाहना रहेको बताएका छन् । उनले एन्फा प्रेसिडेन्ट कप २०७७ फुटबल प्रतियोगितामा भाग लिन जाने बेंसीसहरस्थित त्रिवेणी युवा क्लबका खेलाडीलाई शुभकामना र बिदाई गर्दै शनिबार सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले उच्च मनोबलका साथ खेलेर गण्डकी प्रदेशको नाम उँचो बनाउन खेलाडी आग्रह गरे । उनले भने, ‘हामी गण्डकीलाई खेलकुदको पनि राजधानी बनाउन चाहन्छौं । तपाईंहरूले लमजुङको बेंसीसहरको वडा नम्बर ७ को मात्र नभई सिंगो गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । त्यसैले उच्च मनोबलका साथ खेल्न र जितेर पहिलो उपाधि ल्याउन शुभकामना दिन्छु, खर्चका लागि चिन्ता नगर्नू ।’ मुख्यमन्त्री गुरुङले सदरमुकामको आसपासमा जग्गाको प्रबन्ध भएमा फुटबलका लागि एक रंशाला प्रदेश सरकारले बनाउनेछ भन्ने प्रतिबद्धता व्यक्त गरे । खेलाडीका लागि निर्धारण गरिएको तलबको प्रबन्ध प्रदेश सरकारले व्यहोर्ने बताए ।
बेंसीसहरको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट कप २०७७ मा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने मौका पाएको छ । सो टिमले चौथो स्थान मात्र हासिल गर्दा पनि फुटबलको डिभिजन ए खेल्ने अवसर पाउने भएको छ ।
त्रिवेणी युवा क्लबका अध्यक्ष सिजन श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रतियोगितामा भाग लिने खेलाडीको टिममा २३ जना खेलाडी, अफिसियल र फिजिओसहित ७ जना गरी ३० जना रहने बताए । उक्त प्रतियोगिता सम्पन्न गर्न २९ लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
आहारारामा को होला च्याम्पियन ?
पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१