पोखरा । जितप्रसाद द्वा पत्रकारिता पुरस्कार–२०७७ बाट श्रीराम सिग्देल पुरस्कृत भएका छन् ।
चलचित्र पत्रकार संघ नेपाल, कास्कीको शनिबार चौथो साधारणसभा अवसरमा गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिग्देललाई नगद २५ हजार सहित सम्मानपत्र प्रदान गरे ।
यसैगरी, कलाकार प्रकाश घिमिरे र पुरस्कारका संस्थापक व्यवसायी जितप्रसाद द्वालाई सम्मान गरिएको छ ।
कार्यक्रममा मन्त्री गुरुङले विगतको तुलनामा अहिले समसामयिक विषय र घटनाक्रममा फिल्म बन्ने गरेको बताउँदै यसको गुणस्तर अझ वृद्धि गर्दै जानुपर्ने बताए । उनले सकारात्मक सोचका साथ अगाडि बढेमात्र समृद्ध प्राप्ति हुने पनि उल्लेख गरे । पत्रकारले ठोक्ने प्रवृत्तिबाट भन्दा पनि क्षेत्रगत अवस्थालाई बोक्ने गरी अगाडि बढ्नुपर्ने उनको सुझाव थियो । चलचित्र क्षेत्रले पोखराको पर्यटनलाई माथि उकास्न सहयोग गर्ने भन्दै उनले गण्डकी प्रदेश सरकार सधैँ राम्रा कामका लागि सबैको साथमा रहेको प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पुरस्कृत पत्रकार सिग्देलको परिचय दिँदै विगतको चलचित्र पत्रकारिताबारे स्मरण गरे । उनले शुभकामना दिँदै पोखराको पर्यटन क्षेत्रमा चलचित्रका माध्यम ठूलो फड्को मार्न सक्ने बताए ।
सम्मानित पत्रकार सिग्देलले सम्मानप्रति आभार प्रकट गरे । उनले २०६० सालमा आफ्नो नेतृत्वमा संघ स्थापना भएको स्मरण गर्दै विगतमा चलचित्र पत्रकारितामा निकै चुनौती रहेको उल्लेख गरे ।
चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुलीले प्राकृतिक स्टुडियो पोखरा फिल्मको केन्द्र बन्नुपर्नेमा जोड दिए । संघमा हालसम्म १० शाखा बिस्तार भइरहेको उनले जानकारी दिए ।
कलाकार घिमिरेको परिचय दिँदै संघका सल्लाहकार राजाराम पौडेलले कलाकार घिमिरे पोखरामा जन्मेर पनि केन्द्रसम्म आफ्नो परिचय बिस्तार गर्न सफल भएको बताए ।
संघका जिल्ला अध्यक्ष अरुण गिरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, जिफान अध्यक्ष भोजबहादुर गुरुङ, सञ्चारिका समूहका केन्द्रीय सदस्य बिमला भण्डारी, कलाकार प्रकाश घिमिरेले बोलेका थिए ।
लामो समयदेखि पोखरामा रहेर चलचित्र क्षेत्रमा अनवरत कलम चलाएकोमा पत्रकार सिग्देललाई पुरस्कृत गरिएको जनाइएको छ । २०५४ सालबाट आदर्श समाज दैनिकबाट पत्रकारिता सुरु गरेका सिग्देल हाल फेवा पोस्ट साप्ताहिकको सहसम्पादक छन् ।
यस्तै, लामो समयदेखि चलचित्र क्षेत्रमा कलाकारिताका माध्यम पु¥याएको अतुलनीय योगदानको कदर गर्दै कलाकार घिमिरेलाई संघले सम्मान गरेको हो । पोखरा नदीपुर निवासी कलाकार घिमिरेले विभिन्न फिल्म तथा नाटकमा सशक्त अभिनय गरेका छन् ।
साधारणसभा अवसरमा अध्यक्ष र सचिवको वार्षिक प्रतिवेदन अध्यक्ष गिरीले संयुक्त रुपमा प्रस्तुत गर्दै विगतका कार्यक्रम र भावी कार्यक्रमबारे जानकारी दिए । यस्तै कोषाध्यक्ष अर्पण तिवारीले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा स्वागत संघ उपाध्यक्ष सन्तोष सुवेदी र सञ्चालन सचिव प्रभू अधिकारीले गरेका थिए । संघमा हाल ४० सदस्य आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
मिसिङः केटी हराएको सूचना रिलिज
सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
नारायणगोपालको जीवनीमा फिल्म बन्ने
‘अग्निदहन’ यूनिट प्रचारमा
शुक्रबारदेखि फिल्म ‘आँखा’
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१