आहारारा गोल्डकपमा ८ टिमको सहभागिता

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७७
aaha rara

पोखरा । आहारारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करणमा भाग लिने टिम सार्वजनिक गरिएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा ८ टिमले भाग लिने जनाउँदै टिम सार्वजनिक गरेको हो ।

प्रतियोगितामा नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोएसन, डउला, क्यामरुन र आयोजक सहारा क्लब पोखराले भाग लिने क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । प्रतियोगिता पोखरा रंगशालामा आगामी चैत २१ देखि २८ गतेसम्म हुँदैछ ।

२०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता पोखराको पर्यावाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले गर्दै आएको छ ।

आयोजकका अनुसार यस वर्षदेखि सूर्यबहादुर केसीको स्मृतिमा उत्कुष्ट ५ विधाको पुरस्कारलाई अर्पण गरिने छ । यस्तै, १ जनालाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी घोषित गर्दै ३५ हजार रुपैयाँसहित सम्मान गरिने क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

यस प्रतियोगिताको आकर्षकको रुपमा रहेको निर्णायक ट्रफी (रेफ्री), बेष्ट अफ फाइभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगायत म्यान अफ दि म्याच नगद पुरस्कार सहारा युकेले उपलब्ध गराएको छ ।

यसपालि पनि विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख पुरस्कार प्रदान गरिनेछ । प्रातियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख र खर्च १ करोड १ लाख लाग्ने जनाइएको छ ।

गत वर्षको विजेता मनाङ मस्र्याङ्दी क्लब हो भने उपविजेता नेपाल पुलिस क्लब हो ।

क्याराभान गोल्ड कप सहित २० औं वर्षदेखि निरन्तर सञ्चालन भएको सो प्रतियोगिताबाट बचत हुने रकम क्लबद्वारा सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च हुँदै आएको छ । एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालक आश्रित छन् ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width