निःशुल्क एम्बुलेन्स सेवा

रासस
फागुन २५, २०७७
ambulance

वीरगञ्ज, २५ फागुन । बाराको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका मानिस सिकिस्त बिरामी परेमा उपचार गराउन काठमाडौँसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले राससलाई बताउनुभयो । मुटु, मिर्गौलालगायतका दीर्घरोगीलाई उपचार खर्चको लागि वार्षिक रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाभित्र सुरक्षित सुत्केरी गराउन चार वटा बर्थिङ सेन्टर स्थापना गरिने, स्वास्थ्य क्षेत्रको सुधारको लागि वार्षिक रु ८० लाख उपलब्ध गराउँदै आएकोमा आउँदो आर्थिक वर्षदेखि सो रकम बढाएर रु एक करोड ५० लाख बजेट छुट्याउने, कृषि क्षेत्रमा रु एक करोड ५० लाख, पर्यटकीय क्षेत्रको विकासको लागि शक्तिपिठ गढीमाई मन्दिर, पाटीपौवा, पोखरी सौन्दर्यीकरणको लागि रु एक करोड ५० लाख रकम विनियोजन गर्ने योजना रहेको नगरप्रमुख यादवले बताउनुभयो ।

जम्मा ११ वडा रहेको सो पालिकामा ६५ हजार जनसङ्ख्या छ । नगरपालिकाभित्र वातावरण संरक्षणको लागि चार हजार बोटबिरुवा रोपिने, शौचालयको सरसफाइको लागि न्यूनतम मूल्यमा सफाइ मेसिन उपलब्ध गराउने निर्णय भएको छ । वडा नं ४ मल्हनी टोलमा रहेको बालविकास प्राथमिक विद्यालय विद्यार्थीबिना सञ्चालनमा रहेकोले विद्यार्थी ल्याउन घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।

करीब २० वर्ष पुरानो विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द गरेकाले विद्यार्थी अन्यत्र गएपछि विद्यार्थीविहीन भएको थियो । राससमा सो विद्यालय सम्बन्धमा ‘विद्यालय छ विद्यार्थी छैन’ भन्नेबारे समाचार आएपछि नगरपालिकाले घरदैलो कार्यक्रम थालेको नगरप्रमुख यादवले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक शर्मानन्दप्रसाद साहले राससलाई भन्नुभयो,“व्यवस्थापन समितिविहीन रहेको सो विद्यालयमा घरदैलो कार्यक्रम सञ्चालन गरेपछि अहिले करीब ५० विद्यार्थी पढन थालेका छन् ।” विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी मात्र रहेकोमा नगरपालिकाले थप एक शिक्षक पठाउने भएको छ । अहिले कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा अब उप्रान्त कक्षा ५ सम्म पठनपाठन हुने व्यवस्था नगरपालिकाले गर्ने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • लायन्स आदर्श चौतारीको शिविर

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब पोखरा आदर्श चौतारी, लियो आदर्श चौतारी, पैयुँको आयोजनामा निःशुल्क बृहत्…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । राम मन्दिर अखण्ड कीर्तन उपसमिति पोखरा–१७, बिरौटाको १७ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । समारोहको पोखरा–१७ का…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…

hero news full width