पोखरा । केएन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लव टी–२० क्रिकेट लिगको उपाधिका लागि जनकपुर क्रिकेट क्लब र चितवन क्रिकेट क्लब भिड्ने भएका छन् ।
सोमबार भएको सेमिफाइनलमा जनकपुरले आयोजक सुपर जनरल पोखरालाई १० विकेटले तथा चितवनले पेलिगेन्ट्स क्रिकेट क्लबलाई १३ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएका हुन् ।
पहिलो सेमिफाइनलमा चितवनले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको पेलिगेन्ट्स १ सय ६ रनमै समेटिएको थियो । चितवनको पारीमा साकार ढकालले ६ छक्का र ४ चौकाको मद्धतमा ४७ बलमा ५३ रनको महत्वपूर्ण योगफल तयार पारको थिए । त्यस्तै स्वप्नील अधिकारीले २७ रन जोडेका थिए । पेलिगेन्ट्सका बलरहरु चन्द्रकान्त पौडेलले ३ तथा विशाल पौडेलेले २ विकेट लिए । पेलिगेन्ट्सका समिर कँडेल र कमल थापाले समान १३ रन बनाए । अन्य व्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । पेलिगेन्ट्सका बलरहरु म्यान अफ द म्याच चन्द्रउमेश ठाकुरले ३ तथा संघर्ष पौडेलले पनि ३ विकेट लिए । अर्का बलर आशिष लम्सालले २ विकेट लिए ।
अर्को सेमिफाइनलमा पहिला ब्याटिङ गरेको पोखराले पूरा २० ओभरमा ७ विकेट गुमाएर ९४ रनको सामान्य स्कोर खडा गरेको थियो । पोखराका प्रविण ढकालले ३३ तथा विधान श्रेष्ठले १४ रन जोडे । प्रत्युरमा जनकपुरले कुनै पनि विकेट नगुमाई विजयी लक्ष्य पार गरेका थियो । जनकपुरका सुधिर चौधरीले ३ छक्का र ४ चौका प्रहार गर्दै अविजित ४४ रन बनाए भने अक्बर अलीले अविजित ३६ रन जोडे । बलिङतर्फ ४ विकेट लिएका जनकपुरका राहुल प्रतापसिंह म्यान अफ द म्याच भए ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१