वालिङ । सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग जोडिएका पालिकाहरुले विकासका लागि योजना निर्माण थालेका छन् ।
वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको सचिवालयको सहकार्यमा आइतबार वालिङमा सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक विकासका लागि योजनाको पहिचान तथा योजनाको प्राथमिकीकरण गरी योजना निर्माण गर्ने र कार्यान्वयनमा लैजाने भएका हुन् ।
सुनौलीदेखि पोखरासम्म सिद्धार्थ राजमार्गसँग जोडिएका १५ वटा पालिका, ४ वटा जिल्ला र २ प्रदेशकाबीचमा समन्वय र सहकार्य गर्दै योजनाहरु पहिचान गर्ने, प्राप्त योजनाहरुको प्राथमिकीकरणका आधारमा योजना निर्माणपश्चात कार्यान्वयन गर्ने मुख्य उद्देश्य रहेको तानसेन नगरपालिकाका प्रमुख एवं सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोर मञ्चका अध्यक्ष अशोककुमार शाहीले बताए ।
शाहीले सिद्धार्थ राजमार्गसँग जोडिएका पालिकाहरुका सम्भावनाहरुको खोजी गरी आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । आर्थिक कोरिडोरसँग जोडिएका नगरपालिका र गाउँपालिकाहरुबीचका असल अभ्यासहरुको आदानप्रदान र अनुकरण गर्दै अगाडि बढ्नका लागि सहजता हुने बताए ।
प्रमुख शाहीले योजनाहरुको पहिचान र कार्यान्वयन गर्ने, सिद्धार्थ राजमार्गलाई आधार मानेर यस क्षेत्रमा सञ्चालन गर्न सकिने कृषि, जडिबुटी, पशुपालन, भौतिक संरचना पूर्वाधार निर्माण, पर्यटन, उद्योग, सूचना प्रविधिको पहिचान, स्वास्थ्य तथा खेलकुद, प्राकृतिक स्रोत ब्यवस्थापन, प्राविधिक शिक्षाको प्रचार प्रसार गर्न सहयोग पुग्ने बताए ।
यस क्षेत्रका नगरपालिका र गाउँपालिकाहरूबीच समन्वयमा गर्न सकिने परियोजनाहरूको पहिचान र छनौट हुने, समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको प्रमुख शाहीले बताए । पालिकाहरुबीच निर्माण गरिएका योजनाहरुको प्राथमिकीकरणपश्चात् गण्डकी र लुम्बिनी प्रदेश तथा केन्द्र सरकारसँग समन्वय र सहकार्य गर्दै योजनाहरु निर्माण गरिने प्रमुख शाहीको भनाइ थियो ।
वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले योजनाहरुको पहिचान सहित प्राथमिकीकरणका आधारमा पालिकाहरुबीच समन्वय र सहकार्य गर्दै विकासका गतिविधिहरु अगाडि बढाउँदा उपयुक्त हुने धारणा राखे । भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग सम्बन्धित क्षेत्रका पालिकाहरुबीचमा आर्थिक कोरिडोरको समग्र आर्थिक विकासका निम्ति परियोजना तर्जुमा गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि छलफल तथा अन्तरक्रिया महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
योजनाविद डा. अनिल सुवेदीले सहजीकरण गरेको कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले स्वागत तथा सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डेले सञ्चालन गरेका थिए ।
छलफल कार्यक्रममा सिद्धार्थ राजमार्ग आसपासका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित सरोकारवालाहरूको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१