पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू

जमुना वर्षा शर्मा
फागुन २१, २०७७
pokhara university

पोखरा । पोखरा विश्वविद्यालयले यही शैक्षिक सत्रबाट उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत चारवर्ष स्नातक तहको अध्ययन सुरु गर्ने भएको छ । उक्र कार्यक्रमको शुक्रबार पोखरामा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. प्रेमनारायण अर्याल र स्वर्णिम विश्वविद्यालयका गुजरातका भाइस प्रेसिडेन्ट आदी रिसब जैनले औपचारिक शुभारम्भ गरे ।

उपकुलपति अर्यालले उद्यमशीलताको पढाइको लागि लामो समयदेखिको योजनाले मूर्तरुप लिएको जनाउँदै अब व्यावहारिक रुपमा यसलाई सफल बनाउनु पर्ने बताए । उनले भने, ‘लामो समयको प्रयासले मुर्तरुप लिएको छ अब यसको महत्व बुझेर र सबैलाई बुझाएर सफल बनाउनु पर्छ ।’ उनले बेरोजगारीका कारण थुप्रै युवा विदेश पलायन हुने अवस्थाले सिर्जना भइरहेकाले अब अध्ययन पश्चात् युवाशक्ति विदेश पलायन नभइ स्वदेशमै उद्यमशीलतामा अग्रसर हुने विश्वास व्यक्त गरे । उनले देशमै स्वव्यवसाय गरेर परम्परागत सीपलाई जगेर्ना साथै अन्तर्राष्ट्रिय ज्ञानको सदुपयोग गरेर देश समृद्ध बनाउने कार्यमा अग्रसर हुन समेत सबैलाई आग्रह गरे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यबाट नेपालमै पहिलोपल्ट यो कार्यक्रम सुरु भएको हो

स्वर्णिम विश्वविद्यालयका उपाध्यक्ष आदी रिसब जैनले पोखरा विश्वविद्यालयले पहिलोपल्ट उद्यमशीलता पढाइलाई सञ्चालनमा ल्याएकोमा बधाई दिँदै सहकार्य र समन्वय गर्न तयार रहेको बताए । जैनले देशको आर्थिक समृद्धि उद्यमशीलताबाट मात्र सम्भव हुनेभएको यसको अध्ययन महत्वपूर्ण रहेको उनको भनाइ थियो । उनले स्वर्णिम विश्वविद्यालय भारतको पहिलो उद्यमशीलता पढाइ गरेको विश्वविद्यालय भएकाले यसमा अध्ययरत विद्यार्थीहरुको अनुभव आदानप्रदानले पनि धेरै कुरा सिक्न सकिने धारणा राखे । शिक्षाको माध्यमबाट दुबै देशको सम्बन्धलाई अझ बलियो बनाउन सकिने उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थीले पछिल्लो समयले अभिभावकले विदेशका अध्ययनका लागि छोराछोरी तयार गर्ने संस्कार बढेको जनाउँदै देश भित्र शैक्षिक कार्यक्रमबाट युवाहरुलाई उद्यमी बनाउनु पर्ने आवश्यकता औल्याए । उनले निजी क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा १५ औं योजना ६० प्रतिशत योगदान दिएको उल्लेख गर्दै निजी क्षेत्रप्रतिको सम्मान आवश्यक रहेको जनाउँदै सम्मानित निजी क्षेत्र समुन्नत नेपालको नारालाई सफल बनाउने बताए ।

उद्योग मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले नेपाल सरकारले उद्यमशीलतालाई केन्द्रमा राखेर प्रदेश र स्थानीय तह साथै आवधिक, वार्र्षिक कार्यक्रम गर्दै आएको जानकारी दिए । औद्योगिक विकास मार्फत् नेपालको आर्थिक विकास गर्ने र सामाजिक रुपान्तरण गरी नेपालीहरुको गुणस्तरीय जीवन अभिवृद्धि गर्ने राष्ट्रिय अभियानका लागि हरेक नागरिक उद्यमशिल हुन जरुरी रहेको बताए । उनले विद्यालय र विश्वविद्यालयबाट उद्यमशीलता सम्बन्धी पढाइ हुन जरुरी रहेको औंल्याए ।

आइएलओ नेपाल कार्यायका रोजगारीका लागि सीप परियोजनाका कार्यक्रम संयोजक प्रकाश शर्माले उद्यमशीलता सम्बन्धी एकेडेमिक कोर्सको अध्ययनबाट शैक्षिक बेरोजगार अन्त्य हुने धारणा राखे । उनले जागिर खोज्दै हिँड्ने नभइ जागिर दिन सक्ने दक्षजनशक्ति उत्पादन हुनुका साथै उद्यमविकासका लागि सहजकर्ताको खोजी समेत पूरा हुने उनको भनाइ थियो ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन सहप्रध्यापक डा.अजय थापाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यबाट नेपालमै पहिलोपल्ट यस कार्यक्रमको शुभारम्भ गरेको बताए । रोजगार र व्यवसायका लागि दक्षजनशक्तिनै अहिलेको आवश्यकता रहेको महसुस गरेर लामो समयको गृहकार्य पछि यस कोर्स ल्याउन सफल भएको उनको भनाइ थियो ।

उनले जुनसुकै विषय १२ कक्षा वा सो सरह अध्ययन गरेका विद्यार्थीले प्रवेश परीक्षामा उत्तीर्ण पश्चात् ४ वर्षे स्नातक कोर्ष अध्ययन गर्ने पाउने जानकारी दिए । उनका अनुसार ८ वटा सेमेस्टर प्रणालीबाट उद्यमशिलतका विभिन्न पक्षहरुको सैद्धान्तिक र व्याहारिक कोर्सको अध्ययन विद्यार्थीले पूरा गर्नुपर्नेछ । त्यसका लागि ३ लाख १४ हजार २ सय शुल्क लाग्ने छ । अहिले सो विषय अध्ययनका लागि ४८ सिट छ । विश्वविद्यालयका नियम अनुसार २० प्रतिशत पूर्ण छात्रवृत्ति समेत दिइनेछ । चैतको २ गतेसम्म फर्म भर्ने अन्तिम समय रहेको डा. थापाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width