बुटवल । स्थानीयको विरोधबीच मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेपछि तनाव उत्पन्न भएको छ । स्थानीयले तुरुन्तै शिलान्यास स्तम्भ भत्काए भने अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखनाथ भट्टलाई बोल्न समेत नदिई ढुंगामुढा गर्दै लखेटेका छन् ।
लामो समयदेखि बसोबास गर्दै आएको स्थानमा औद्योगिक क्षेत्र बनाउन लगाएर आफूहरुको उठिबास लगाउने काम भएको भन्दै स्थानीयले आन्दोलन गर्दै आएका छन् ।
उनीहरुको विरोध र नाराबाजीका कडा सुरक्षा घेरामा मोतिपुरमा अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए । शिलान्यास लगत्तै मञ्चमा पुगेर सम्बोधन गर्न लागेका अर्थमन्त्री पौडेल विरुद्ध नाराबाजी र ढुंगामुढा भएको थियो ।
बोल्दा–बोल्दै अर्थमन्त्री पौडेल सहितको टोली सुरक्षाका लागि त्यहाँबाट हिडेको थियो । उनीहरु हिडेलगत्तै कार्यक्रम स्थलमा पुगेका आन्दोलनकारीले मञ्च तोडफोड गर्नुका साथै शिलास्तम्भ भत्काएका थिए । उनीहरुले औद्योगिक क्षेत्रको नक्सा जलाएका थिए ।
बाक्लो सुरक्षाकर्मीको घेराउ बीच शिलान्यास र समारोह भइरहेको थियो । विरोध बीच पनि कार्यक्रम सुरु भएपछि प्रदर्शनकारीले वरिवरि आगो लगाएका थिए । जसका कारण त्यहाँ पाकिङ गरिराखेका गाडी हटाउन भागदौड भएको थियो । लगातार ढुंगामुढा भए पनि कार्यक्रम नरोकिएपछि उनीहरुले अर्थमन्त्री लक्षित गरी ढुंगा हानेपछि कार्यक्रम रोकिएको थियो ।
प्रहरी र आन्दोलनकारी बीच झडपमा दुवै पक्षका गरी ६ जना भन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रितम राठोरले ढुंगा लागेर केही सुरक्षाकर्मी घाइते भएको बताए ।
उता, प्रदर्शनकारीका अगुवा बावुराम घिमिरेका अनुसार ५ जना आफ्ना साथीहरु घाइते भएको बताए । उनका अनुसार २ जनालाई चोट लागेको छ । २ केहीबेर बेहोस भएका थिए । एक जनालाई प्रहरीले नियत्रणमा लिएको थियो ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१