दमौली । नाइकेको विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि जिल्ला कारागार तनहुँबाट २५ कैदीबन्दी स्थानान्तरण गरिएको छ ।
आइतबार अपराह्न कारागारभित्र नाइकेको विषयमा विवाद हुँदा झडप भएपछि ६ कैदीबन्दी घाइते भएका थिए । सो घटनामा संलग्न २५ जनालाई स्थानान्तरण गरिएको हो ।
सुरक्षा निकायको बैठकले उनीहरुलाई सुरक्षा जोखिमका कारण अन्यत्र स्थानान्तरण गरेको निमित्त जेलर नारायण अधिकारीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेल लगायत संलग्न सुरक्षा निकायका प्रमुखको बैठकको निर्णय अनुसार आइतबार राति नै उनीहरुलाई स्थानान्तरण गरिसकिएको नि. जेलर अधिकारीको भनाइ छ ।
कारागार कार्यालयभित्र रहेको ब्लक ‘बि’ मा आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका कैदी र सोही ब्लकमा रहेका अन्य थुनुवा, कैदीबीच कारागारभित्रको सेवासुविधामा विभेद गरेको भन्ने विषय बनाएर झगडा हुँदा ६ कैदी घाइते भएका थिए । झडडमा कुलबहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दीपक दर्जी र ज्ञानबहादुर विक घाइते भएका हुन् । केही महिनाअघि काठमाडौंबाट सरुवा भएर आएका कैदीहरूको समूहले कैदी नाइके बन्न आफूहरूमाथि आक्रमण गरेको स्रोतले जनाएको छ ।
घाइतेलाई दमौली अस्पतालमा उपचारपछि कारागार फर्काइएको थियो । यसैबीच उक्त घटना छानबिनका लागि जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको छ । कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालको संयोजकत्वमा ३ सदस्यीय छानबिन टोली गठन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१