पोखरा । प्रथम लेकसाइड एरेना एमेच्योर फुटसल कप उपाधि टिम आयोजकको टिम वल्ड ट्राफोर्डले जितेको छ ।
पोखरा महानगरपालिका–६ लेकसाइडको फुटसल एरेनामा शनिबार भएको फाइनल खेलमा मयुर टाइम्स न्युजलाई ३–१ गोल अन्तरले पराजित गर्दै ट्राफोर्डले उपाधि जितेको हो ।
ट्राफोर्डको जीतमा रोहित नेपालीले २ र सञ्जय बुढाथोकीले १ गोल गरे । मयुर टाइम्स न्युजका लागि १ मात्र सान्त्वना गोल खेम गुरुङले गरे ।
विजेता टिम वल्ड ट्राफोर्डले उपाधिसँगै सिल्ड, मेडलसहित नगद २२ हजार रुपैयाँ हात पा¥यो भने उपविजेता मयुर टाइम्स न्युजले सिल्ड, मेडलसहित नगद ११ हजार रुपैयाँमा चित्त बुझायो । कुल २४ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा वल्ड ट्राफोडका बिनम गुरुङ सर्वोत्कृष्ट खेलाडी चुनिए ।
उनले गिफ्ट भौचर प्राप्त गरे । वल्ड ट्राफोडकै विराज श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिव गुरुङ, नेपाल फुटसल एसोसिएसनका संयोजक विनोद गुरुङ, आयोजक विक्की कार्की, विसम पहारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१