दमौली । सुमिना गुरुङले ‘मिस तनहुँ २०२१’ को ताज पहिरिन सफल भएकी छन् ।
शनिबार मिस तनहुँको पाँचौं संस्करण–२०२१ मा ९ प्रतियोगीलाई पछि पार्दै व्यास–२ की १६ वर्षीया सुमिनाले उपाधि सहित ५० हजार प्राप्त गरिन् ।
स्पर्धामा फस्ट रनरअप सन्ध्या धिताल र सेकेन्ड रनरअप विशाखा श्रेष्ठ बनिन् । उनीहरुले क्रमशः ३० हजार र २० हजार पाए ।
यस्तै, दर्शक रोजाइमा रीया सन्त्राले उपाधि जितिन् । निर्णायकमा मिस नेपाल–२०१० सदीक्षा श्रेष्ठ, पर्यटनविज्ञ हरिसिं गुरुङ, मिस तनहुँ–२०१५ सुजना श्रेष्ठ थिए ।
डाँफे मल्टिमिडियाको आयोजनामा भएको प्रतियोगितामा जेभियर इन्टरनेसनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको थियो ।
सो अवसरमा सञ्जु घलेले व्यास ५ स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई ५ हजार ५० रुपैयाँ सहयोग प्रदान गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
र्याम्पमा नीति शाह
चित्रकलाको फेसन फ्युजन
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९