टाइगर कपबाट १९ लाख बचत

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७७
Tiger Cup Photo

पोखरा ।  टाइगर ग्रुप पोखराको आयोजनामा भएको प्रथम टाइगर कप भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ ।

पोखरा रंगशालामा माघ २७ देखि फागुन १ गते सम्म भएको राष्ट्रिय महिला तथा पुरुषबाट १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको शनिवार आयव्यय सार्वजानिक गर्दै आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए । प्रतियोगितमा ५४ लाख, ४१ हजार ८ सय ३५ रुपैयाँ आम्दानी भएको छ । भने ३५ लाख ११ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको छ ।

दर्शकको उल्लेख्य सहभागिता रहेको प्रतियोगितामा दर्शक टिकटबाट मात्रै १० लाख ५५ हजार आम्दानी भएको थियो । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्ले १ लाख, पोखरा महानगरपालिकाले १ लाख, अन्नपुर्ण गाउँपालिकाले १ लाख सहयोग गरेको थियो ।
ग्रुपले बचत भएको रकमबाट गण्डकी प्रदेशमा भलिबल खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने भएको छ । ग्रुपले स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको हुनाले बचत रकमल भलिबल खेल र खेलाडीको विकासका लागि आवश्यक सहयोग गर्ने अध्यक्ष शर्माले जानकारी दिए । दर्शकको इच्छालाई प्राथमिकतामा राख्दै आगामी वर्षपनि प्रतियोगितालाई निरन्तरता दिने उनको भनाइ छ ।

माघ २७ गतेदेखि फागुन १ गते सम्म भएको खेलको पुरुष तर्फ गण्डकी प्रदेश र महिला तर्फ नेपाल पुलिसले उपाधि जितेको थियो । विजेता महिला तथा पुरुष टोलीले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । यस्तै उपविजेता पुरुषतर्फ त्रिभुवन आर्मी र महिला तर्फ एपिएफले समान ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

पहिलो प्रतियोगितामै दर्शक र घरेलु टोलीको ऐतिहासिक जितले भलिबल खेलप्रति गण्डकी प्रदेश सरकारले समेत चासो दिन आवश्यक रहेको अध्यक्ष शर्माको भनाइ छ । दर्शकको उपस्थितिले भलिबल प्यारापिट साघुरो भएको महसुस आयोजकलाई गराएकाले सम्बन्धित पक्षले यसमा ध्यान दिनुपर्ने उनको धारणा छ ।
सोही कार्याक्रममा टाइगर ग्रुपले वागलुङ बडिगाढ गाउँपालिकास्थित एक अशक्त परिवारलाई ५० हजार सहयोग गरेको छ । उक्त गाउँ पालिकाका स्व.टोपबहादुर विकको अशक्त परिवारलाई पोखरा छोरेपाटनस्थित २०४६ को एसएललसी व्याच समूह मार्फत रकम प्रदान गरेको हो । उक्त समूहका अध्यक्ष समेत रहेका पत्रकार राजु क्षेत्री मार्फत स्व. विकको परिवारलाई रकम हस्तान्तरण गरिने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखरा–३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । आइतबार एक समारोहबीच प्रहरी सहायक निरीक्षक दीपा…
  • हिसान गण्डकी फुटसल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा पोखरामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता…
  • गायिका समीक्षा अधिकारी सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई आफ्नै गाउँमा सम्मान गरिएको छ । नेपाली गीतसंगीत माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्मा अलग पहिचान बनाउन सफल…
  • मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखराको मदरल्याण्ड माविले पिइए इन्जिनियरिङ एण्ड आइटी क्वीज–२०८१ मा क्लीन स्वीप गरेको छ । विद्यालयका चारवटै टिम प्रथम,…
  • जनआदर्श माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । जनआदर्श मावि, फेदिखोला–४, आरुखर्कको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन समारोहका प्रमुख…

hero news full width