पोखरा । देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कपमा बुधबारको खेलमा भ्याली स्पोर्टस्ले पाहुना टोली भिमाद भेट्रान्समाथि सहज जित निकालेको छ ।
पुरानो टुँडिखेलमा भएको खेलमा भिमाद भेट्रान्स माथिमावि हुँदै १४–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्याे ।
भ्यालीको जीतमा विजय गुरुङले ट्रिपल ह्याट्रिक पूरा गरे । त्यस्तै नयाँगल्ली भेट्रान्सले मित्रता एफसीलाई ८–१ गोलको फराकिलो अन्तरले पराजित गर्याे ।
त्यस्तै वालिङ भेट्रान्सलाई २–१ गोलको अन्तरले एलजी एसोसिएसने हरायो ।
अब एलजीले बिहीबार भ्याली स्पोर्टस्सँग भिड्नेछ । गार्डेन एफसीले ४–० को गोल नतिजा सहित विष्णुपादुकालाई पाखा लगाउँदै क्वाटरफाइनल प्रवेश गर्याे ।
यसैगरी, बिटी एफसीलाई गोर्खा अल्टिमेट फिटनेसले ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम ८ मा प्रवेश पायो ।
त्यस्तै अन्तिम खेलमा इन्द्रेणीलाई कालभैरवले ४–१ गोल अन्तरले सहज जित निकाल्यो ।
बिहीबार क्वाटरफाइनलका ६ खेल हुने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१