फाइल तस्बिर
काठमाडौं– नेपालमा गत १४ माघदेखि सुरु भएको कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत पहिलो चरणमा ८५।६५ प्रतिशतले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन्।
स्वास्थ्य सेवा विभागले कोभिड–१९ खोप अभियानको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै सो जानकारी दिएको हो। विभागले अहिले नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकामा सोमबारसम्म ४ लाख २९ हजार ७०५ जना अर्थात् कुल जनसंख्याको १।४ प्रतिशतले खोप पाएको बताएको छ। विभागले पहिलो चरणमा ५ लाख ७ हजार ६०६ जनामा खोप लगाउने लक्ष्य राखे पनि लक्ष्यको ८५।६५ प्रतिशतले मात्रै खोप लगाएको जनाएको छ।
विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहका अनुसार पहिलो प्राथमिकताको पहिलो चरण अन्तर्गत गत माघ १४ देखि २४ गतेसम्म १८६ खोप केन्द्रबाट १ लाख ८५ हजार ८६५ जनाले खोप पाएका थिए। पहिलो चरणमा नै माघ २६ देखि ३० सम्म काठमाडौँमा थप केन्द्रहरु खोलेर पत्रकार कूटनीतिक नियोग र यूएन एजेन्सीका कर्मचारीलाई खोप दिने व्यवस्था गरिएको थियो। थपिएको तीन केन्द्रमा त्यसबेला कुल ३ हजार ४८० जनाले खोप लगाएको विभागको तथ्यांक छ। सो समयमा २२२ वटा केन्द्रमा खोप लगाइएको थियो।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, कारागारका कर्मचारी, कैदी र एम्बुलेन्स तथा शव वाहन चालकलाई खोपको प्राथमिकतामा राखिएको थियो। त्यस्तै फागुन २ देखि १० गतेसम्म चलेको पहिलो चरणको दोस्रो प्राथमिकतामा सातै प्रदेशमा २ लाख ४० हजार ३६० जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका निर्वाचित जनप्रतिनिधि, सरकारी सेवामा कार्यरत कर्मचारी, नेपाल प्रहरी, नेपाल आर्मी, बैंकर, निजी संस्थामा कार्यरत कर्मचारी, अदालतहरुमा कार्यरत कर्मचारी, पत्रकारलगायतलाई लगाइएको थियो।
सरकारले यही २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने जनाएको छ। अबको अभियानमा ५५ वर्षमाथि उमेर समूहका व्यक्तिले खोप पाउनेछन्। सरकारले खोप अभियानमा ग्याप हुन नदिनका लागि भारतबाट खोप खरिद गरेको २० लाखमध्ये १० लाख खोप नेपाल ल्याइसकेको छ भने बाँकी १० लाख आउने प्रक्रियामा छ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१