निशान म्यागनाइट गाडी नेपाली बजारमा

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७७
Nissan Magnite news

पोखरा । इलाइट मोटर्स प्रालि पोखराले नयाँ निशान म्यागनाइट मंगलबार सार्वजनिक गरेको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफूल र अति आकर्षक गाडी निशान म्यागनाइटको सुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ छ ।

‘मेक इन इन्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधा रहेको कम्पनीले जनाएको छ । जसले उपभोक्तालाई नवीनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने दाबी गरिएको छ ।

यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिलाई समावेश गरिएको कम्पनीले जनाएको छ ।

म्यागनाइटका हरेक मोडल नेपाली प्रयोगकर्ताको आकांक्षा पूरा गर्ने ध्येयका साथ निकै गहनतासाथ डिजाइन गरिएको बताइएको छ । पुस बटम स्टार्ट, प्रोजेटेड एलइडी हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन अध्यक्ष मोहनबाबु खड्काले निशान म्याग्नाइट धेरै ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।
इलाइट मोटर्सका प्रबन्ध निर्देशक गोपाल बरालले निशान म्याग्नाइटको बिक्री शुभारम्भ ग्राहक केन्द्रित यात्रामा एउटा महत्वपूर्ण कार्य भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width