नवलपरासी, ११ फाल्गुन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ५ कालिका माध्यमिक विद्यालयमा विद्यालयको मुल गेट पल्टदाँ गेटले च्यापिएर एक जना बालिकाको घटना स्थलमै निधन भएको छ ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ घर भई हाल कावासोती ५ मा बस्दै आएका मुक्तबहादुर सिंजालीकी छोरी कक्षा ३ मा अध्ययनरत ८ बर्षीया बालिका गमित्रा सिंगालीको निधन भएको विद्यालयको प्रधानाध्यापक लेखराज पोख्रेलले बताए ।
बालिकाको घटना स्थलमै निधन भएको थियो । विद्यालयको बार्षिकोत्सवको तयारी भईरहेको अवस्थामा एक्कासी घटना घटेको थियो । बालिकाको निधन भएपछि विद्यालयको बार्षिकोत्सव रोकिएको छ ।
बिहान करिब १०ः४५ बजेको समयमा गेट पल्टिएर च्यापिदा सिंजालीको घटना स्थलमै मृत्युु भएको हो भने घटनामा सोही विद्यालयको कक्षा ४ मा पढने १० वर्षीय विस्मत ढकाल सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना स्थलको मुचुल्का तयार पारी पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाएको छ ।
बालिकाको बुवा पहाड घरमा भएको कारण बालिकाको बुवा नआउँदासम्म बालिकाको आफन्तले घटना स्थलबाट शब उठाउन नदिने जनाइरहेको भए पनि प्रहरीले शब जबरजस्ती उठाएर लगेको बालिकाको आफन्त सुमन मल्ल ठकुरीले बताए ।
करिब ७ बर्ष पुरानो गेट बेलैमा मर्मत नगर्दा घटना भएको र घटना लगतै बालिकालाई उपचारका लागि अस्पतालसम्म पनि नपुर्याएको भन्दै बालिकाको आफन्तले विद्यालयप्रति असन्तुष्टी प्रकट गरेका थिए।
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१