नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७७
NVA-077.11.8

पाेखरा । नेपाल भ्यालुअर्स एसोसियसन, गण्डकी प्रदेश अध्यक्षमा इन्जिनियर राजेन्द्र लिगल निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको पाँचौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट उपाध्यक्षमा इन्जिनियर सुरेन्द्रबहादुर गोदार, सचिवमा इन्जिनियर राजेश भट्टराई, कोषाध्यक्षमा इन्जिनियर ब्रिजेन्द्र केसी निर्वाचित भए ।

सदस्यमा इन्जिनियर आनन्दप्रसाद सापकोटा, इन्जिनियर रामचन्द्र शर्मा, इन्जिनियर कौशलचन्द्र जिसी, इन्जिनियर नारायण तिमिल्सिना, इन्जिनियर हरिप्रसाद अधिकारी, इन्जिनियर सुरेन्द्र पाण्डे, इन्जिनियर बुद्धिराज अधिकारी, इन्जिनियर रविन्द्र मुल र इन्जिनियर अनुप श्रेष्ठ निर्वाचित भए ।

यसअघि कार्यक्रमको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरीप्रसाद भट्टराईले धितो मूल्यांकन क्षेत्रमा काम गर्ने इन्जिनियरहरुको समस्याका विषयमा राष्ट्रबैंक गम्भिर रहेको र पोखराको सवालमा आफूहरु सहकार्य गर्न तयार रहेको बताए ।

नेपाल भ्यालुयर्स एसोसियसन केन्द्रका अध्यक्ष इन्जिनियर ऋषि कोइरालाले घरजग्गाको मूल्यांकन कार्य व्यवस्थित ढंगले अगाडि बढाउँदै मूल्यांकनकर्ता एकजुट भएर समस्या तथा चुनौती सामना गर्नुपर्ने भनाई राखे । कार्यक्रमका नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशका उपाध्यक्ष ध्रुव भट्टराई, बैंकर्स एसोसियसन गण्डकी प्रदेशका प्रमुख दीपेन्द्र शर्मा, नेपाल भ्यालुयर्स एसोसियसन केन्द्रका सचिव दिनेश पाठक, बरिष्ठ अधिवक्ता संस्थाका कानुनी सल्लाहकार कृष्णबहादुर थापा, इन्जिनियर सुरेशप्रसाद श्रेष्ठ, सेकोनका उपाध्यक्ष इन्जिनियर किसानसिंह गुरुङ, इन्जिनियर बुद्धिराज अधिकारीले शुभकामना व्यक्त गरे ।

संस्थामा विगत २ वर्षमा भएको गतिविधिको सम्बन्धमा सचिवको वार्षिक प्रतिवेदन सुरेन्द्रबहादुर गोदार र कोषाध्यक्षको प्रतिवेदन रामचन्द्र शर्माले प्रस्तुत गरेको थिए ।

नेपाल भ्यालुयर्स एसोसियसनका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष इन्जिनियर राजेन्द्र प्रजुले नेपाल भ्यालुअर्स एसोसिएसन पोखराको काम कार्वाही र मूल्याकंन कर्ताको पक्षमा भएका उपलब्धिको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्रबहादुर गोदार र स्वागत मन्तव्य उपाध्यक्ष राजेन्द्र लिगलले गरेका थिए । निर्वाचन संयोजकमा आर्किटेक्ट बाबुराम बराल थिए ।

नेपाल भ्यालुयर्स एसोसियसन केन्द्रको सातवटै प्रदेशमा कार्यालय स्थापना गर्ने लक्ष्य अनुसार उक्त दिन केन्द्रका अध्यक्ष ऋषि कोइरालाले पोखरामा नेपाल भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेश कार्यालयको उद्घाटन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width