बार्सिलोनाको संघर्षपूर्ण कमब्याक जित

आदर्श समाज सम्वाददाता
माघ २६, २०७७
20210208_041215

पोखरा, २६ माघ । स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । रियल वेटिसको घरेलु मैदानमा भएको खेलमा स्पष्ट जितसहित बार्सिलोना लिगो दोस्रो स्थानमा छ ।
पहिलो हाफको ३८ आैं मिनेटमा इग्लेसियाो गोलमा घरेलु टोलीले अग्रता लिएको थियो । दोस्रो हाफकोमा मैदान छिरेका कप्तान मेस्सीले ५९ मिनेटमा बराबरी गोल गरेका थिए ।
वेटिसका भिक्टर लुइको आत्मघाती गोलको मद्दतले अग्रता बनाएको बार्सिलोनाका लागि लुइले नैै बराबरी गोल फर्काए ।
अन्तिम ८७ मिनेटमा २० पोर्चुगिस फ्रेन्सिस्को त्रिन्काओले गोल गर्दा बार्सिलोना स्पष्ट जित निकालेको हो । त्रिन्काओको स्पेनिस क्लबका लागि पहिलो गाेल हो ।
रियल वेटिस ३ अंक गुमाउँदै लिगको सातौं स्थानमा छ ।
बार्सिलोना २१ खेलमा ४३ अंकसहित लिगको दोस्रो स्थानमा छ । समान खेल र अंकसहित घरेलु प्रतिस्पर्धी रियल मड्रिड तेस्रो स्थानमा छ । दुई खेल कम खेलेको एथलेटिक मड्रिड ५० अंकका साथ पहिलो स्थानमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width