नवलपुर । संघीय सांसद तीलक महत ४ महिनाअघि कोरोना परीक्षण गर्ने पिसिआर मेसिन लिएर नवलपुर आए । जतिबेला नवलपुरमा कोरोना संक्रमण दर उच्च थियो । नवलपुरबासीलाई स्वाब परीक्षण गर्न पोखरा, हेटौडा र चितवन पुग्नुपर्ने बाध्यता भएकाले जिल्लामै पिसिआर परीक्षणको व्यवस्था गर्नुपर्ने माग बढेपछि संघीय सांसददेखि प्रदेश सांसदहरु नवलपुरमै पिसिआर मेसिन राख्नुपर्नेमा एकमत देखिए ।
कोरोना संक्रमण बढ्दै गएपछि नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन जडान गर्ने सरकारको निर्णयपछि गत कात्तिक १ गते पिसिआर मेसिन आइपुग्यो । पिसिआर मेसिन आएपछि संघीय सांसद महतसहित गण्डकी प्रदेशका सबै सांसदहरुले आफूहरुको संयुक्त पहलले मेसिन आइपुगेको भन्दै जिल्लाबासीले पिसिआर परीक्षण गर्न बाहिर जानुनपर्ने र एकै दिनमा रिपोर्ट आउने भन्दै खुसी बाँडे ।
मध्यबिन्दु जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनालले पिसिआर मेसिन प्राप्त भएपछि अस्पतालको जिम्मेवारी समेत बढेकाले अब यसलाई सञ्चालन गर्न सबैको सहयोग आवश्यक भएको बताए । उनले मेसिन राख्नका लागि आवश्यक भौतिक पूर्वाधार कोठा निर्माण भरहेकाले अबिलम्ब सञ्चालन गरिने जनाए ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशवप्रसाद चापागाईँले आवश्यक प्राविधिक तथा पूर्वाधार निर्माण गरी झण्डै १ महिनासम्ममा पिसिआर मेसिन प्रयोगमा ल्याउन सकिने बताए । तर पिसिआर मेसिन हस्तान्तरण भएको ४ महिना पुग्न लाग्दा पनि जडान हुन सकेको छैन । पिसिआर मेसिन अझैसम्म पनि जिल्ला अस्पतालको गोदाममै थन्किएको छ ।
यस बीचमा कोरानाविरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ आएर पनि पहिलो चरणमा पहिलो खोप अभियान पनि शनिबार सकिएको छ । जिल्लामा १ हजार २३ जनालाई पहिलो चरणको खोप दिने सूचिअनुसार ११७ भाएल कोभिडविरुद्धको ‘कोभिसिल्ड’ भ्याक्सिन उपलब्ध गराइएको थियो ।
गण्डकी प्र्रदेशको दक्षिणी भारतसँगको सीमावर्ती जिल्ला नवलपुरमा मात्र होइन, बागलुङको धौलागिरी अस्पतालको अवस्था पनि उस्तै छ । सरकारले धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला राखेर बागलुङमै कोरोना परीक्षण गर्ने गत असार १२ गते निर्णय गरेको थियो । गएको असारमै धौलागिरी अस्पतालमा कोरोना भाइरस पिसिआर परीक्षणको अनुमति दिए पनि पिसिआर परीक्षण अझै हुन सकेको छैन । त्यतिबेला स्वाब पोखरा ल्याएर पिसिआर परीक्षण गरी रिपोर्टका लागि १५ दिन कुर्नुपर्ने अवस्था थियो ।
धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको ३ महिनापछि गत कात्तिक २७ गते पिसिआर मेसिन खरिदका लागि बोलपत्र आह्वान गरियो तर टेन्डर खोलिएको २ महिना बढी हुँदा पनि पिसिआर प्रयोगशाला निर्माणको अझै टुंगो लागेको छैन ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१