मुलुकभर १८८ पक्राउ, ३३ सवारी तोडफोड   

रासस
माघ २२, २०७७
banda

काठमाडौँ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल भने दिनभर बन्द नै रह्यो ।

राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झण्डै ४५ प्रतिशत सवारी सञ्चालन भएको जानकारी दिनुभयो । धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रुबाहक सवारी काठमाडौँ भित्रिएका प्रहरीले जनाएको छ ।

बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले काठमाडौँको सामाखुसीमा आज बिहानै एउटा ट्याक्सीमा आगजनी गरेका थिए । प्रहरीका अनुसार मुलुकभर गरेर एउटा गाडीमा आगजनी गरिएको र ८६ वटा गाडीमा तोडफोड भएको छ । त्यसमध्ये तीन वटा सरकारी गाडी रहेको प्रहरीले जनाएको छ ।

प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ व्यक्ति पक्राउ परेका र छानविनपछि ४० जनालाई छाडिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए। अन्यको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्वाधरुपमा सवारी तथा उद्योग व्यवसाय सञ्चालन गर्न सर्वसाधारणमा अनुरोध गरेको थियो ।

नागरिकको संविधान प्रदत्त हकको निर्वाध उपयोग गर्न पाउने अधिकारको सम्मान गर्न पनि सम्बद्ध पक्षसँग अनुरोध गरिएको थियो । गृहमन्त्रालयले शान्तिसुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायत अवाञ्छित गतिविधिमा संलग्न हुनेविरुद्ध कानूनी कारवाही गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    • प्रदेश नीति तथा योजना आयोगमा तनहुुँका काफ्ले

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले…
    • संक्रमित घटेसँगै परीक्षणमा कमी

      धनबहादुर गुरुङ असार ६, २०७८
      पोखरा । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीलाई २ साता अघिसम्म स्वाब परीक्षण गर्न भ्याइनभ्याइ थियो । तारन्तार…
    • सत्ता सहमतिमा मन्त्री नै वाधक !

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा जेठ २९ मा बनेको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याइसकेको छ…
    • निगालोको चोया, जिउने सहारा

      धनबहादुर गुरुङ असार ६, २०७८
      पोखरा । छेवैमा ह्वील चियर विश्राम दिएर चेतबहादुर गुरुङ स्याँखु बुन्दैछन् । गत सातादेखि सुरु गरेको काम सक्नै आँटेका छन्…
    • संविधान जोगाउने दायित्व कांग्रेसमाथि : मुख्यमन्त्री पोखरेल

      आदर्श समाज सम्वाददाता असार ५, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानमाथि अहिले खतरा उत्पन्न भएको भन्दै यसको रक्षाको दायित्व नेपाली कांग्रेसमा आएको…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग