प्याराग्लाइडिङबाट फेवामा खसेका युवाको उद्धार

आदर्श समाज सम्वाददाता
माघ १५, २०७७
Paragliding Pkhr

प्याराग्लाइडिङ उडान गर्दै पर्यटक । फाइल फाेटाे ।

पोखरा : प्याराग्लाइडिङ गर्ने क्रममा फेवातालमा खसेका १ युवालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

पोखरा महानगरपालिका २३ का २३ वर्षीय कृष्ण केसीले उडाएको प्याराग्लाइडिङको गति अनियन्त्रित भएपछि उनी बुधबार तालमा खसेका थिए । फेवा किनारमा रहेको सशस्त्र प्रहरी बलको रेक्यु टावरमा खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।

फेवा किनारको वाराही घाटमा सशस्त्र प्रहरी बल २४ नम्बर गणको टोली उद्धारका लागि २४ सै घन्टा खटिएको हुन्छ ।

बुधबार सशस्त्र प्रहरी नायव निरीषक धर्मेन्द्र चौधरी कमान्डको टोलीले उद्धार गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width