पाेखराका हार्डवयर व्यवसायीद्वारा मुसहरवस्तीमा न्यानो कपडा वितरण

आदर्श समाज सम्वाददाता
माघ १३, २०७७
hardware assotiation

पोखरा । पोखरा हार्डवयर एसोसिएसन कास्कीको टोलीले नवलपुर जिल्लाको कावासोती नगरपालिका ३ कुसनहरीका मुसहरवस्तिमा पुगेर न्यानो कपडा वितरण गरेको छ ।

उक्त स्थानका ४० घरलाई डसना, फाइवर सिरक, खोल, झुल, तन्ना, सिरानीसहितको १ लाख ५० हजार मूल्यबराबरको राहत सामग्री वितरण गरेको पोखरा एसोसिएसन कास्कीका अध्यक्ष शेषकान्त ढकालले बताए ।

चिसो मौसमसँगै चलेको शीतलहरले मारमा परेको मुसहर परिवारलाई केही हतसम्म भएपनि राहत उपलव्ध गराउने उदेश्यले संस्थाका कार्यसमिति सदस्य र सल्लाहकार गरि २९ जना व्यवसायीले व्यक्तिगतरुपमा संकलन गरेको रकमबाट सामान खरिद गरी वितरण गरिएको उनले बताए ।

कार्यक्रममा नवलपुर जिल्ला प्रशासनका प्रशासकीय अधिकृत आनन्दप्रसाद भुषालले राहत सामग्री वितरण गर्दै परम्परागतरुपदेखि नै जल तथा जंगलमा आश्रित विपन्न तथा असहाय परिवारलाई न्यानो विछ्याउना वितरण गरेर संस्थाले सामाजिक उत्तरदायित्व पूरा गरेको बताए ।

कावासोती नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष विनोद रानामगरले संस्थाले प्रदान गरेको राहत वितरणले विपन्न वस्तीका वासिन्दाको जीवन रक्षाका लागि महत्वपूर्ण सहयोग पुगेको विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार रामचन्द्र थापा, कार्यक्रम संयोजक अर्जुनबहादुर थापा, महासचिव कृष्णप्रसाद कोइराला लगायतले राहत वितरण गर्दै मानविय सेवा सवै भन्दा ठूलो धर्म भएको धारणा राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै