ग्यालेक्सी हस्पिटल र निलगिरीबीच छुट सम्झौता

आदर्श समाज सम्वाददाता
माघ ५, २०७७
Galaxy Nilgiri cooperative MOU Picture

पोखरा । ग्यालेक्सी हस्पिटल प्रालि उतमचोक र निलगिरी वचत तथा ऋण सहकारी संस्था बिरौटाबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार अब निलगिरी वचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यले ग्यालेक्सी हस्पिटलको सेवामा १२ प्रतिशत र फार्मेसीमा ७.५ प्रतिशत छुट पाउने हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताए ।

छुट सम्बन्धी सम्झौतापत्रमा हस्पिटलको तर्फबाट मेडिकल डाइरेक्टर डा. ऋषिराम ढकाल र सहकारीका तर्फबाट अध्यक्ष लेखनाथ बरालले हस्ताक्षर गरेका छन् । २४ घन्टा विशेषज्ञ स्वास्थ्य सेवा दिइरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

२५ शय्याबाट सेवा सञ्चालन गरेको हस्पिटलमा हाल इमरजेन्सी ५ शय्या, जनरल वार्डमा १२, डिलक्स क्याबिन ७, सेमी क्याविन १ (४ शय्याको) आइसियु ६, पोस्ट अप ३, एन आइसियु, पिआइसियु र वाल तथा नवजात शिशु शय्या र आइसोलेसन वार्ड सञ्चालन गर्ने गरी संरचना निर्माण भई अधिकांश सेवाहरु सञ्चालनमा रहेको ग्यालेक्सी हस्पिटलका अध्यक्ष डा. हेमन्त मानन्धरले बताए ।

हस्पिटलको दोस्रो वार्षिक साधारण सभा
ग्यालेक्सी हस्पिटल प्रालिको दोस्रो वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । सभामा गत वर्षको सम्पूर्ण आय व्यय विवरणमाथि छलफल गरी पारित गरिएको थियो ।

अबका दिनमा पनि स्वास्थ्य सेवा लाई समयको माग र आवश्यकता अनुसार थप गुणस्तर बनाउने लक्ष्य अनुरुप र सेवाविस्तार गर्ने योजना अनुसार आगामी वर्षमा मस्तिस्क तथा स्नायु शल्याचिकित्सा सेवा र दन्तरोग तथा मुख शल्याक्रिया सेवालाई विस्तार गरि व्यवस्थित गरिने सभामा बताइएको छ ।

उपयुक्त स्थानको व्यवस्था गरी सिटी स्क्यानको खरिद तथा व्यवस्थापन गरिने छ । आधुनिक प्रविधियुक्त उपकरणहरु सहित न्युरो आइसियु र अर्थोस्कोपी सेवा सीघ्र सञ्चालन गरिने योजना रहेको अध्यक्ष डा. हेमन्त मानन्धरले बताए । सभामा अध्यक्ष डा. हेमन्त मानन्धर, मेडिकल डाइरेक्टर डा. ऋषिराम ढकाल सञ्चालक रमेशकुमार कर्माचार्य, डा. प्रेमराज पंगेनी, प्रबन्ध निर्देशक दिपेन थापालगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width