मनाङको तापक्रम माइनस १८ डिग्री, मुस्ताङमा माइनस १५

आदर्श समाज संवाददाता
पौष १४, २०७७
manang_snowfall

पाेखरा ।  हिमाली जिल्ला मनाङको न्यूनतम तापक्रम माइनस १८ डिग्री सेल्सियसमा झरेको छ।

मनाङको नार्फाभूमि गाउँपालिकाको तापक्रम रातको समयमा माइनस १८ डिग्री सेल्सियसमा झर्ने गरेको  प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए ।

सदरमुकाम चामेको तापक्रम भने रातको समयमा माइनस ८ डिग्रीसम्म झर्ने गरेको उनले बताइन् । उनका अनुसार अत्याधिक चिसोसँगै ताल र खोलहरुसमेत जम्न थालेका छन्।

गंगापूर्ण, ग्रिनलेकलगायतका दर्जन बढी ताल जमेर बरफ भएका छन् भने साना तिना खोलाहरु पनि जमेर बरफ भएको उनले जानकारी दिए ।  धाराको पानी पनि जमेका कारण कतिपय ठाउँमा बरफ तताएर पानी बनाएर खानु पर्ने अवस्था सृजना भएको छ ।

यस्तै मुस्ताङको लोमान्थाङ छोसेरको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ। प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार त्यहाँ धारामा पानी जमेको छ भने तालसमेत जम्न थालेको छ।

त्यस्तै जुम्लाको तापक्रम माइनस ८ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली जिल्लामा हिमपातपछि थप चिसो बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width