पोखरा, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका नेकपा प्रमुख सचेतक देव गुरुङले नेपाललाई विदेशी शक्तिकेन्द्रले फौजी प्ले ग्राउन्ड बनाउन लागेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु नियोजित भएको र त्यसले नेपाललाई गम्भीर संकटमा पुर्याएको उनको भनाइ छ ।
उनले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै सर्वसत्तावादी र निरंकुश चिन्तनको उपज राजनीतिक परिघटना अघि बढेको बताए । ‘संसद विघटनको कुनै अधिकार प्रधानमन्त्रीलाई दिइएको छैन । विघटनको निर्णय अदालतबाट खारेज गर्नुपर्छ । नत्र संविधानका धारा दफा निष्कृय गर्न ढिलोचाँडो संकटकाल लागू हुन्छ,’ उनले भने, ‘त्यसपछि व्यवस्था उल्टिएर राष्ट्रपतिको शासन चलाउने अवस्था आउँछ । मुलुक फाँसीवादको दिशातर्फ जाँदै छ ।’
उनले तिब्बतलाई टुक्र्याउन नेपालको बाटो प्रयोग गर्न नेकपा फुटाएको गम्भीर आरोप लगाए । ‘छिमेकी, विशेषगरी चीनको विरुद्धमा घेराबन्दी गर्ने, तिब्बतलाई टुक्र्याउने र त्यसका लागि नेपाललाई सैन्य वेस एरिया बनाउने रणनीतिसँग यो घटना सम्बन्धित छ,’ गुरुङले भने, ‘त्यसका लागि नेपालमा अवरोध गर्ने शक्ति पन्छाउने रणनीति सुरु भयो ।’
राष्ट्रभक्त कम्युनिष्ट पार्टी रहँदासम्म सैन्य हस्तक्षेप गर्न सकिँदैन भनेर भत्काइएको हो ।’ अहिलेको संसद रहँदासम्म विदेशी सेनाले मार्चपास गर्न नसक्ने भन्दै उनले साम्राज्यवादी शक्तिको डिजाइनमा प्रधानमन्त्री ीले संसद भत्काएको आरोप लगाए ।
नेकपा (प्रचण्ड–नेपाल समूह) ले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले अहिलेको संसद विघटनलाई २०१७ साल र ज्ञानेन्द्र शाहले चालेको २०५९ सालको ‘कु’ सँग जोडेका छन् । उनले चीनसँग नेपालको पुरानो स्वाधीन दौत्यसम्बन्ध रहेको भन्दै त्यसलाई कायम राख्नुपर्नेमा जोड दिए । ‘हाम्रो राष्ट्रियतासँग जोडिने कुनै पनि मुद्दामा चीनले अवरोध गरेको छैन । कुनै मुद्दामा विवाद छैन,’ उनले भने, ‘नेपालको राष्ट्रिय स्वाधिनतामाथि कुनै पनि प्रकारको हस्तक्षेप भएको छैन । तर यही सम्बन्ध अरु मुलुकले राखेका छैनन् ।’
नेकपाका अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल) ले प्रधानमन्त्रीले आवेग र हठातमा संसद विघटन गरेको आरोप लगाए । ‘संसद विघटन गर्ने प्रधानमन्त्रीमा अधिकार छैन । संविधानले त्यसको व्यवस्था गरेको छ,’ उनले भने, ‘तर संविधानका कुनै पनि व्यवस्थाको मतलव नगरी, सरकार गठनका अरु विकल्प हुँदाहुँदै हठातमा विघटन भयो । संविधानको रक्षाका लागि संसद पुनःस्र्थापना हुनुपर्छ ।’ उनले फर्जी हस्ताक्षर गरेर केन्द्रीय सदस्य थप गरेको आरोप ओली समूहलाई लगाए । उनले नेकपाको संस्थापन पक्ष आफूहरु भएकोले सूर्य चिह्न र पार्टीको नाम आफ्नै समूहलाई दिने दाबी गरे ।
नेकपा (प्रचण्ड–नेपाल समूह) को शनिबार सम्पन्न प्रदेशस्तरीय भेलाले प्रदेश, जिल्ला र स्थानीय तहमा छुट्टाछुट्टै कार्यक्रम गर्ने तालिका तयार गरेको छ
आइतबारदेखि नै पहिलो चरणको कार्यक्रम सुरु गरिसकेको छ । आइतबार सबै जिल्लामा जिल्लास्तरीय भेला गरेको प्रचण्ड समूहले मंगलबार सबै जिल्लामा प्रधानमन्त्रीले गरेको गतिविधिविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे उत्तमले बताए।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१